काठमाडौँ
/ नेकपा (एमाले) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत
दिने आफ्ना सांसद पार्टीमा नरहने निष्कर्ष निकालेको छ ।
ललितपुरको
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटीको बैठकले
पार्टीको निर्णय विरीत प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आग्रह गरेको हो ।
एमालेका
वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका सांसद दलको बैठकमा अनुपस्थित भई
प्रधानमन्त्रीका समर्थनमा देखिएपछि अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको
बैठकले सो निर्णय गरेको हो ।
सर्वोच्च
अदालतको गत असार २८ गतेको फैसलाबमोजिम प्रतिनिधिसभाको पुनःस्थापना भएपछि राजनीतिक
गतिविधि बढेको हो ।
गत
असार २७ गतेको कार्यदलको १० बुँदे सहमतिबमोजिम नेता नेपाल अघि बढ्न नचाहेको ठहर
आफूहरुले गरेको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले आजै बस्ने पुनस्र्थापित संसद अधिवेशनमा विश्वासको मत लिँदै छन् ।