काठमाडौँ / नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ ।

नयाँबानेश्वर स्थित संसद् भवनमा आज बसेको बैठकले विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना सबै सांसदलाई निर्देशन (ह्वीप) जारी गरेको दलका सचेतक पुष्पा भुसालले जानकारी दिएकी छन् ।

OM Sai Pathibhara Hospital

बैठकले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको भन्दै सो फैसलाको स्वागत गरको छ । साथै यसका लागि सहयोग गर्ने बुद्धिजीवी, नागरिक समाज, पत्रकारलाई धन्यवाद दिएको छ।

सचेतक भुसालले वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुनेमा संसदीय दल विश्वस्त रहेको जानकारी दिएका छन् । असार २८ गतेको सर्वोच्च अदालतको परमादेश अनुसार असार २९ गते नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता देउवा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।