राजनीति

    Showing 961-970 of 9,396 items.
  • यस्ता भेला र कार्यक्रम पहिलेपनि हुन्थे, अहिले त्यसको निरन्तरता हो : डा. कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले यसपटक धेरै नेता संसदबाहिर रहेको उल्लेख गर्दै संसदमा कसरी जाने भन्ने विषयमा वरिष्ठ नेताहरूसँग सरसल्लाह गर्न नवनिर्वाचित सांसदहरुलाई सुझाव दिएका छन् ।आइतबार आयोजित एक भेला कार्यक्रममा बोल्दै उनले यस्ता भेटघाट र कार्यक्रमहरू नेपाली कांग्रेसभित्र पहिले पनि हुँदै आएको र अहिले पनि निरन्तर जारी रहेको उल्लेख गरे ।‘संसदमा धेरै विषयवस्तुहरू आउने भएकाले ती विषयहरू गहिरो रूपमा बुझ्न र विज्ञहरूसँग छलफल गर्नुपर्ने भन्दै यसका लागि आफूहरू तयार रहेको पनि स्पष्ट पारे।उनले भने ‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले पहिले–पहिले पनि गरिराखेकै कुरा हो । र अ

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 166 पटक पढिएको
  • ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्यूरोमा हर्कले दिए उजुरी

    काठमाडौं— श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्।हर्कले आज सुनिता खड्का नामकी एक महिलाले आफूलाई धम्की दिएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका हुन्।‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,’ उनको उजुरीमा उल्लेख छ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 477 पटक पढिएको
  • संविधान संशोधनका विषयमा संसद बाहिरै बसेर सशक्त पहल गर्छौंः खड्का

    काठमाडौं— नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका विषयमा संसद बाहिरै बसेर पनि सशक्त पहल गर्ने बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित एक भेलालाई सम्बोधन गर्दै उनले विगतमा संशोधनको प्रयास सफल हुन नसकेको स्मरण गर्दै उनले अब भने स्पष्ट विचार, मूल्य–मान्यता र सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने धारणा राखे।उनले भने,‘संविधान संशोधनको कुराहरु अहिले अगाडि आउँदै छ । हामीले संशोधनको प्रयास गर्दा सकेनौँ । यसमा हाम्रो विचार मूल्य मान्यता र सिद्धान्तमा हाम्रो स्वाभिमान र संविधानको मुलभूत ऐन कानुन जुन नेपाली जनतालाई सार्वभौम बनाउन र अधिकार सम्पन्न बनाउने विषयमा केन्द्रीत छन् । ती आधा

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 458 पटक पढिएको
  • पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

    काठमाडौं— सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखककी पत्नी यशोदाले दिएको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको जाँचबुझ गर्ने गठित गौरीबहादुर आयोगको प्रतिवेदनले फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेपछि बालेन्द्र शाह नेतृत्वको सरकारले लेखकलाई शनिबार पक्राउ गरेको थियो ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 443 पटक पढिएको
  • सांसदहरुले गराए प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै समस्याबारे प्रधानमन्त्रीलाई जानकारी

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले प्रधानमन्त्री बालेन शाहसँग भएको चरणबद्ध छलफलपछि कोशी प्रदेशका समस्या र समाधानका विषयमा छलफल केन्द्रित भएको बताएका छन् ।प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले कोशी प्रदेशका सामूहिक समस्या तथा प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए ।उनका अनुसार प्रधानमन्त्रीले तत्काल समाधान गर्नुपर्ने तथा सम्भव समस्याहरू के–के हुन् र तिनको समाधानका उपाय के हुन सक्छन् भन्ने विषयमा जिज्ञासा राखेको बताए ।उनले भने, ‘समग्रतामा कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक निर

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 469 पटक पढिएको
  • ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीमाथि छनविनको माग

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आजपनि आन्दोलन जारी छ ।सोमबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन् । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् ।माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले प्रतिसोधको आधारमा ओलीलाई पक्राउ गरेको बताएका छन् । आन्दोलनमा सहभागि नेता कर्ण थापाले एमालेप्रति प्रतिसोध साँध्ने सरकार आएको भन्दै जनताले दिएको जनमतको दुरुपयोग भएको धारणा राखे ।उनले भने,‘हाम्रा नेता वा पार्टीलाई प्रतिसोध साँध्ने सरकार आयो । यो सरकार विधिको शासन मान्ने कुरा र सुशासनको कुरा गरेर जनताले साथ दिए तर जनताल

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 462 पटक पढिएको
  • शीतलनिवासमा राष्ट्रपति र प्रधानन्यायाधीशबीच भेटवार्ता

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सोमबार भेटवार्ता गरेका छन् ।राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका प्रधानन्यायाधीश राउतले राष्ट्रपति भवन शीतलनिवासमा सोमबार भेट गरेका हुन् । 

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 474 पटक पढिएको
  • अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस : अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बन्ने प्रतिबद्धता जनाएका हुन् ।आफ्नो कार्यकालमा सुशासनलाई मुख्य प्राथमिकता दिने बताउँदै डा।वाग्लेले भने, ‘म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ ।’ उनले निजी क्षेत्रलाई अब कुनैपनि बहानामा दुःख नदिइने

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 176 पटक पढिएको
  • अध्यक्ष साम्पाङ भन्छन् : कोठे बैठकमा हामी जाँदैनौँ, संसद् बोलाउनुपर्यो

    काठमाडौं । प्रधानमन्त्री बालेन शाह९बालेन्द्र०ले सांसदहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा सांसदहरूलाई सिंहदरबारमा बोलाएर छलफल गरेका हुन् । जारी छलफलमा आज कोशी र सुदूरपश्चिमका सांसद सहभागी छन् ।तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको छ । अध्यक्ष साम्पाङले आफूहरू कोठे बैठकमा सहभागी नहुने बताएका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नुपर्छ । जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन।’

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 152 पटक पढिएको
  • सर्भाइकल क्यान्सरबारे सचेतना अभिवृद्धि गर्न समयमै परीक्षण आवश्यकः सुनिता डंगोल

    काठमाडौं— काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सर्भाइकल क्यान्सरबारे सचेतना अभिवृद्धि गर्न समयमै परीक्षण आवश्यक रहेको बताएकी छन् ।सोमबार आयोजित स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ शुभारम्भ कार्यक्रममा बोल्दै डंगोलले विश्वभर धेरै महिलामा सर्भाइकल क्यान्सर देखिने गरेको उल्लेख गरिन् ।उनले भनिन्, ‘हरेक दिन संसारभर सर्भाइकल क्यान्सरका कारण महिलाहरूको ज्यान गइरहेको छ । तर क्यान्सर भनेको तत्काल मृत्यु हुने रोग होइन, यसको समयमै उपचार सम्भव छ भन्ने कुरा बुझाउन जरुरी छ ।’उनले समयमै रोग पहिचान भएमा उपचार प्रभावकारी हुने बताउँदै नियमित परीक्षणको महत्वमा जोड दिइन् । डंगोलले कतिप

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 456 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.