राजनीति

    Showing 961-970 of 7,501 items.
  • प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको हो ।घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताए ।घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ? नियमले छेक्यो कि क

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 179 पटक पढिएको
  • रास्वपा सचिवालयमा चार सदस्य थपिएपछि तोसिमा कार्की आक्रोशित

    काठमाडौं । रास्वपा केन्द्रीय सदस्य डा.तोसिमा कार्कीले पार्टी नेतृत्वलाई कार्यशैली सच्याउन आग्रह गरेकी छन् । रास्वपा सभापति रवि लामिछानेले शनिबार राति सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेपछि कार्कीले त्यसप्रति कडा आपत्ति जनाएकी छन् । चारैजना गत निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।पार्टी रिफर्मेसन र कार्यकारी नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठिरहेका बेला विस्तारित बैठकसमेत नकुरी हतारमा सचिवालयमा चार सदस्य मनोनीत गर्नु उचित नभएको उनको भनाइ छ । पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो। त्यसैको लागी विस्तारित बैठक तोकिएको थियो। महाअधिवेशन कैले गर्ने

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 167 पटक पढिएको
  • आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छिन् । छलफल मंगलबार अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा गरिदैछ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको छ । सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरे पनि चुनावको वातावरण सिर्जना नभएको राजनीतिक दलहरु बताउदै आएका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलहरुसँग छलफल गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 146 पटक पढिएको
  • तरुण दलले ७३औँ स्थापना दिवस मनाउँदै

    काठमाडौं । नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल तरुण दलको ७३ औँ स्थापना दिवस २०८२ कार्तिक १० गते मनाइने भएको छ ।आज तरुण दलको अध्यक्ष विद्वान गुरुङले उपत्यकाको तिन जिल्ला बाहेक बाकी सबै जिल्लाले जिल्लामै तरुण दलको ७३ औँ स्थापना दिवसमा शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम गरि मनाउन परिपत्र गरेका छन । उपत्यकाको तीन जिल्ला कार्यसमितिले तरुण दल केन्द्रीय समितिको आयोजनामा नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा गर्ने कार्यक्रममा सहभागी हुने अध्यक्ष गुरुङले बताए । तरुण दलले यसपाली केन्द्र र जिल्ला भरी फरक शैलि अपनाएर आफ्नो स्थापना दिवस मनाउदैछ । कार्यक्रमलाई केन्द्रीय अध्यक्षले स्वागत

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 291 पटक पढिएको
  • मुख्यमन्त्री बानियाँको नयाँ अभियान : सुनुवारलाई नयाँ घर हस्तान्तरण

    मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रकुमार बानियाँले आफ्नो सरकारी सेवाबाट जनताको जीवनस्तर सुधार गर्न थालेको अभियान अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा एक विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।मनहरी गाउँपालिका–९, ज्यामिरेकी मिठो माया सुनुवारका लागि बनाइएको घर शुक्रबार एक विशेष समारोहबीच औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। उक्त घर पूर्णरूपमा भूकम्प प्रतिरोधी प्रविधिबाट तयार पारिएको छ । निर्माण समितिका अनुसार घरको अनुमानित लागत रु. ४ लाख ६५ हजार रहेको छ । घरमा आवश्यक आधारभूत सुविधा जस्तै पानी, बिजुली, र सुरक्षित बासको व्यवस्था गरिएको छ ।घर निर्माण समितिक

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 191 पटक पढिएको
  • देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्नेमा जोड दिए ।‘म देशमा समृद्धि ल्याइनुपर्छ, समानता ल्याइनुपर्छ, शान्ति सुव्यवस्था विश्वसनीय ढंगले स्थापना हुनुपर्छ,’ उनले भने, ‘हरेक व्यक्तिले आफ्नो जिउँधन, अधिकार र सम्पत्तिको प्रत्याभूति पाउनुपर्ने हो ।’उनले समाजमा प्रत्येक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताए । ओलीले आफ्ना मूल्य र

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 161 पटक पढिएको
  • दल दर्ता गर्न आएका हर्क साङपाङ भन्छन् : श्रम गर्ने मान्छेलाई माटोसँग जोड्छु

    काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गरेका छन् । ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन पेश गरेका साङपाङले आइतबार आयोगमा पुगी दल दर्ता प्रक्रियाका लागि सनाखत गरेका हुन् । दर्ता प्रक्रियाका लागि सनाखत गरेपश्चात पत्रकारहरुसँग कुरा गर्दै उनले श्रम संस्कृति पार्टी र माटो चुनाव चिन्ह राखी मान्छेलाई माटोसँग जोड्ने बताए । उनले भने, ‘अध्यक्ष भन्दा हुन्छ, श्रम संस्कृति पार्टी हो । चुनाव चिन्ह हामीले ‘माटो’ राखेका छौं । माटो चुनाव चिन्ह, श्रम संस्कृति पार्टी । श्रम किन गर्ने भने श्रम गरेर म मान्छेलाई माटोसँग जोड्छु ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 185 पटक पढिएको
  • केन्द्रीय समितिले पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसक्यो: मनोजमणि आचार्य

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवम महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूको अवमूल्यन गरी महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने पनि उनले चेतावनी दिए । विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूले पार्टीको महाधिवेशन अविलम्ब हुनुपर्ने माग गर्दै आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै आचार्यले केन्द्रीय समितिको बैठक अस्वभाविक रूपमा लम्बाएको आरोप पनि लगाए । उनले केन्द्रीय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीसहित केन्द्रीय समितिको मनसाय महाधिवेशन नगर्न

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 478 पटक पढिएको
  • मंसिर मसान्तभित्र कांग्रेस महाधिवेशन गर्नैपर्छ, नेतृत्व बदल्नैपर्छः गुरु घिमिरे

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले मंसिर मसान्तभित्र पार्टी महाधिवेशन गर्नैपर्नेमा जोड दिएका छन् ।विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूले पार्टीको महाधिवेशन अविलम्ब हुनुपर्ने माग गर्दै आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्ने नेतृत्व बदल्नैपर्ने बताए ।उनले विशेष महाधिवेशनको प्रस्ताव दर्ता गराएपछि इन्तु परन्तु भन्ने कुनै सुविधा नरहेको बताए । विधान बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरुमा निहित रहेकाले यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि नभएको बताए ।उनले अहिले केन

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 506 पटक पढिएको
  • नेकपा एसको पोलिटब्युरो बैठक कात्तिक ११ गते, माओवादीसँगको एकता र पार्टी भविष्यबारे छलफल हुने

    काठमाडौं— माओवादी केन्द्रसँग सम्भावित पार्टी एकताको चर्चा चुलिँदै गएको बेलामा नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पोलिटब्युरो बैठक बोलाएको छ। पार्टी प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार, पोलिटब्युरो बैठकपछि कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय कमिटी बैठक पनि बस्नेछ। दुबै बैठक काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेनुमा आयोजना हुनेछन्।बैठकमा हालैको जेनजी विद्रोहपछिको राजनीतिक परिस्थिति, संभावित पार्टी एकता, र आगामी निर्वाचनमा पार्टीको रणनीति लगायत विषयमा गम्भीर छलफल हुने जनाइएको छ।नेकपा एस भित्र नेतृत्वको विषयमा दबाब चुलिँदै गएको छ। अध्यक्ष माधवकुमार नेपालमाथि नेतृत्व हस्तान्तर

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 425 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा