राजनीति

    Showing 9,561-9,570 of 10,379 items.
  • गण्डकीका मुख्यमन्त्रीलाई एमालेको ध्यानाकर्षण

    पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र  प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तरता दिन आग्रह गरेको हो । सो अवसरमा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले अगाडि बढाएका मूलभूत कार्ययोजनालाई निरन्तरता दिएको जानकारी दिए ।उनले भौतिक पूर्वाधारका १५ मध्ये १० योजना अघि बढाउने प्रक्रियामा रहेको र  ३८ अर्ब रुपैयाँको बजेट ३० अर्ब रुपैयाँमा खुम्चिएको जानकारी दिए । भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले अघि

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 131 पटक पढिएको
  • एमालेले बनायो गण्डकीमा छाया सरकार

    काठमाडौँ / नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार बनाएको छ । नयाँ सरकार गठन भएपछि ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए । प्रदेशमा ११ मन्त्रालय भए पनि ९ समितिले ११ वटा मन्त्रालयमा हुने गतिविधिहरूलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका लागि संसदीय समूह बनाएको बनाएको अधिकारीले जानकारी दिए ।सचेतक अधिकारीका अनुसार भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्नका लागि पूर्व मन्त्री रामशरण बस्नेतलाई संयोजक बनाइएको छ । सदस्यमा रोश

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 136 पटक पढिएको
  • लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आह्वान

    काठमाडौँ / लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नवौँ अधिवेशन आव्हान गरेका छन् । प्रदेश प्रमुख शेरचनले आज (शनिबार) भदौ १ गते एक बजेका बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।  प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले  जारी दिए ।साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले उनले नयाँ अधिवेशनमा विश्वासको मत लिने तयारी गरेका छन् ।

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 146 पटक पढिएको
  • गाईलाई पीठो बोकेर मन्त्री पुग्दा......

    काठमाडौं  / असहाय गाईबाच्छा संरक्षण अभियानले वरिपरि फलामे तारले घेरिएको ठूलो चौरमा एक सय ५३ असहाय गाईबाच्छा जम्मा गरेर पालन पोषण गरेको छ ।कागेश्वरी मनोहरा नगरपालिका –८ स्थित गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको यो जग्गामा अभियानले सडकमा खुला छाडिएका गाई बाच्छालाई राखेको हो । आज वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल आफैँ एक बोरा पीठो बोकेर पुगे ।विसं २०७५ जेठ १ गते मानव अधिकार, सामाजिक न्याय, वाग्मती सफाइ लगायत अभियानमा लागेका उत्तम पुडासैनीले सो अभियान सुरुआत गरेका थिए । सुरुमा त्रिभुवन विमानस्थलसँग जोडिएको वाग्मती नदी किनारको भागमा गाईबाच्छा जम्मा गरिएको थिय

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 109 पटक पढिएको
  • कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यको बैठक आज बस्दै

    काठमाडौँ / सामूहिक राजीनामा दिएका कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यको बैठक आज बस्ने भएको छ । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउनुपर्ने माग राख्दै राजीनामा दिएका २२ जना केन्द्रीय सदस्यहरूको बैठक आज (शनिबार) १२ बजे बस्ने भएको हो ।बैठक १२ बजे बस्ने भएपनि स्थान भने तय नभएको राजीनामा बुझाउने आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए । पौडेलका अनुसार अमेरिकामा रहेका आनन्द बिष्ट बाहेकका अन्य २१ जना बैठकमा उपस्थित हुने छन् । शुक्रबार राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यको राजीनामालाई सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका छन्। 

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 173 पटक पढिएको
  • माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै

    काठमाडौँ / नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक शनिबार बिहान ११ बजे बस्ने लागेको हो ।आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको जनाएको छ ।

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 124 पटक पढिएको
  • मानसिक स्वास्थ्य नीति निर्माण गराउन सांसदहरू एकमत

    विराटनगर / आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यको प्रर्वद्धनका लागि नीति बनाएर कार्यान्वयन गराउन प्रतिबद्ध भएर लागिपर्ने प्रदेश सांसदहरुले ऐक्यबद्धता जनाएका छन ।  मानसिक स्वास्थ्यका लागि संगठन (कोशिस)  र पहल नेटवर्कले शुक्रबार विराटनगरमा आयोजना गरेको छलफलमा सहभागी प्रदेश १ सभाका सांसदहरुले आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यको  प्रवर्द्धनका लागि नीति बनाएर कार्यान्वयन गराउन प्रतिबद्ध भएर लागिपर्ने ऐक्यबद्धता जनाएका हुन ।  प्रदेश १ सभा उपसभामुख सरस्वती  पोखरेलले सरकारले नीति कार्यक्रममा घोषणा गरेपनि बजेट बिनियोजन नगर्दा मानसिक स्वास्थ्यको क्षेत्र अझै ओझेलमा परेको भन

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 119 पटक पढिएको
  • आफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’

    काठमाडौं  / जघन्य अपराधका घटनामा संलग्न नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद आफताव आलमको मुद्दा शुक्रबार सर्वोच्चको पेशीमा चढेपनि सो विषयमा सुनुवाइ भएन ।वि.स. २०७० सालमा निर्वाचनको समयमा पाशविक तवरले गरिएको मानवीय हत्याको घटनामा संलग्न रहेको अभियोगमा हाल थुनामा रहेका उनले तल्ला अदालतको फैसला प्रति आपत्ति जनाउँदै सर्वोच्चमा निवेदन दिएका थिए ।निर्वाचनको समयमा रौतहटमा भएका बम बिष्फोट र इँटा भट्टामा राखेर मजदुरलाई जिउँदै जलाएर हत्या गरिएको आरोपमा उनी जिल्ला र उच्च अदालतको आदेशमा पुर्पक्षका क्रममा हाल थुनामा रहेका छन् ।  थुनाबाट छुट्न पाउनुपर्ने मागसहित आलमले दिएको निवेदनमाथि न्यायाधीश

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 150 पटक पढिएको
  • एमालेले थाल्यो शाही र वलीलाई कारबाही

    बुटबल  / नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । एमालेले पार्टीको हितविपरीत गठबन्धनलाई सघाएको भन्दै नवलपरासीका सांसद अजय शाही र दाङकी सांसद विमला वलीलाई कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको हो । एमालेले आफ्नो चुनाव चिन्हबाट निर्वाचित सांसद शाही र तत्कालीन नेकपाकी सांसद वलीले गठबन्धन दलले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेका थिए ।लुम्बिनी प्रदेशका एमाले सचेतक भूमिश्वर ढकालका अनुसार शाहीलाई लिखित स्पष्टीकरण सोधिएको छ भने वलीलाई यसअघि नै पार्टी अध्यक्ष केपी ओलीले स्पष्टीकरण पठाइसकेका छन् । एमालेले बहिष्कार गर्ने भन

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 125 पटक पढिएको
  • उपभोक्तालाई गुणस्तरीय सेवा दिन मुख्यसचिव बैरागीद्वारा निर्देशन

    काठमाडौँ / सरकारका मुख्यसचिव शङ्करदास वैरागीले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नमा जोड दिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा केन्द्रिय कार्यालयमा आज आयोजित दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव वैरागीले कम्पनीसामु चुनौती थपिदै गएको बताएका छन् । चुनौतीबाट नतर्सेर आफूलाई समयक्रमसँगै परिमार्जित गर्दै लैजाने उनले सुझाव दिएका छन् । “योजना र मानव संसाधन मजबुत बनाउनेतर्फ ध्यान दिन जरुरी छ”, मुख्यसचिव वैरागीले भने, “कम्पनीलाई अघि बढाउन रोडम्याप बनाउनतर्फ लाग्नु पर्छ ।” सेवा प्रभावकारी बन

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 97 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.