काठमाडौँ / सामूहिक राजीनामा दिएका कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यको बैठक आज बस्ने भएको छ ।
नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउनुपर्ने माग राख्दै राजीनामा दिएका २२ जना केन्द्रीय सदस्यहरूको बैठक आज (शनिबार) १२ बजे बस्ने भएको हो ।
बैठक १२ बजे बस्ने भएपनि स्थान भने तय नभएको राजीनामा बुझाउने आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए । पौडेलका अनुसार अमेरिकामा रहेका आनन्द बिष्ट बाहेकका अन्य २१ जना बैठकमा उपस्थित हुने छन् ।
शुक्रबार राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यको राजीनामालाई सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका छन्।
शुक्रबार राजीनामा बुझाउनेमा कुमार खड्का, बालकृष्ण पाण्डेय, किरणराज शर्मा पौडेल, सुधीरकुमार शिवाकोटी, गोपालकुमार बस्नेत, ध्रुव वाग्ले, शम्भुलाल श्रेष्ठ, मोहनसिंह राठौर, आनन्द विष्ट, जनकराज कलौनी र कृष्णकिशोर घिमिरे रहेका छन् ।
त्यसैगरी मनोहरनारायण श्रेष्ठ, भूमिबहादुर (विश्व) गुरुङ, राजेश बहादुर सिंह, रमा कोइराला पौडेल, दयाराम पाण्डे, दिलीप राई, अभिषेक प्रताप शाह, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, नन्दनकुमार दत्त र आशाराम चौधरी रहेका छन् ।