बुटबल  / नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।

एमालेले पार्टीको हितविपरीत गठबन्धनलाई सघाएको भन्दै नवलपरासीका सांसद अजय शाही र दाङकी सांसद विमला वलीलाई कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको हो । 

OM Sai Pathibhara Hospital

एमालेले आफ्नो चुनाव चिन्हबाट निर्वाचित सांसद शाही र तत्कालीन नेकपाकी सांसद वलीले गठबन्धन दलले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेका थिए ।

लुम्बिनी प्रदेशका एमाले सचेतक भूमिश्वर ढकालका अनुसार शाहीलाई लिखित स्पष्टीकरण सोधिएको छ भने वलीलाई यसअघि नै पार्टी अध्यक्ष केपी ओलीले स्पष्टीकरण पठाइसकेका छन् । 

एमालेले बहिष्कार गर्ने भनेको प्रदेशसभाको विशेष अधिवेशनमा उपस्थित शाही ४ दलीय गठबन्धन सरकारमा विनाविभागीय मन्त्री बनेका छन् ।