बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन माधव नेपालले सांसदहरूलाई चन्द्रागिरी रिसोर्ट लगेर थुनेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेपाललाई यस्तो आरोप लगाएका हुन् । ओलीले सांसदहरूलाई बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले चन्द्रागिरीमा लगेर थुनेको दाबी गरेका हुन् । ओलीले भने –‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरू जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो ।’सांसदहरूलाई थुनेर राख्दा पनि बैठक भनेर सञ्चारमाध्यमहरूले प्रचार गरेको भन्दै ओलीले पत्रकारसँग असन्तुष्टि व
काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले मङ्गलबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्कन आग्रह गरेका हुन् । पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाउँदै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई एकतामा आउन आग्रह गरेका हुन् । अध्यक्ष ओलीले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताए ।
काठमाडौं / निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पाटीको दल दर्ता प्रक्रियाका लागि आज सनाखत गराउँदै छ । आयोगले आज बिहान ११ः३० बजेदेखि २ बजेसम्म सनाखतको समय तोकिएको छ । संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भएको हो । यसलगत्तै नेता नेपाल पक्षका ९५ जना केन्द्रीय सदस्य र ३१ जनाभन्दा बढी सांसदले नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गराएका थिए । नेता नेपालल
काठमाडौँ / निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरूले सनाखत गर्नुपर्नेछ ।आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सरकारले दल विभाजनका लागि सहज हुनेगरि अध्
बिर्तामोड / नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति विरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ ।मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउन आदेश दिएको हो । प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भदौ १ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।मङ्गलबारको पेसीमा अन्तरिम आदेश जारी नभए पनि प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय, कुलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रीपरिषद्को निर्णय र नेपाल विद्युत्
काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शङ्कर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । काठमाडौँमा सोमबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको पार्टीको १४ औँ महाधिवेशनका छलफल कार्यक्रममा विभागका प्रमुख भण्डारीले कांग्रेसले अहिलेसम्म तरुण युवाका समस्या समाधान गर्न नसकेको गुनासो गरेका थिए । देशभरका तरुणको ऊर्जाले नै पार्टी बलियो हुने उल्लेख गर्दै उनले उनीहरूले बेहोर्दै आएको बेरोजगारीको समस्या समाधान गर्न कांग्रेस नेतृत्वसँग माग समेत गरेका छन् ।आफ्ना समस्या समाधानका लागि पार्टीलाई दबाब दिनुपर्नेमा जोड दिँदै भण
काठमाडौँ / नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने भएको छ ।आज ११ बजेको लागि तय गरिएको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्न लागेको पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ ।
बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिएका छन्। सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका छन् । प्रदेशसभामा रहेको कूल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुलसङ्ख्याको बहुमत भएको घर्तीले जानकारी गराए । ‘हुन्न’ भन्ने पक्षमा सून्य सदस्य सङ्ख्या र उपसभामुख कृष्णी थारु तटस्थ रहेका थिए । नेकपा (एमाले)ले सदन बहिष्कार गरेको थियो ।सो अवसरमा मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको उल्लेख गर्दै सत्ता बहिर्गमनको आक्रो
बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।आज (सोमबार) ओली निवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओली र एकता पक्षधर नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको हो । छलफलमा असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । सहमति अनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ, जुन भोलि स्थायी कमिटीमा पेश हुनेछ । ओली निवास
बिर्तामोड / नेपाली कांग्रेसले क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाउँने भएको छ । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको हो । क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरूले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुझाउन लागेको क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो ।उक्त प्रतिवेदन गत साउन ३० गते सम्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.