बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन माधव नेपालले सांसदहरूलाई चन्द्रागिरी रिसोर्ट लगेर थुनेको आरोप लगाएका छन् ।
बुधबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेपाललाई यस्तो आरोप लगाएका हुन् ।
ओलीले सांसदहरूलाई बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले चन्द्रागिरीमा लगेर थुनेको दाबी गरेका हुन् ।
ओलीले भने –‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरू जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो ।’
सांसदहरूलाई थुनेर राख्दा पनि बैठक भनेर सञ्चारमाध्यमहरूले प्रचार गरेको भन्दै ओलीले पत्रकारसँग असन्तुष्टि व्यक्त गरेका छन् ।