बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

आज (सोमबार) ओली निवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओली र एकता पक्षधर नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको हो । 

OM Sai Pathibhara Hospital

छलफलमा असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

सहमति अनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ, जुन भोलि स्थायी कमिटीमा पेश हुनेछ । 

ओली निवास बालकोटमा छलफलका लागि तेस्रो धारका नेताहरू अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत पुगेका थिए । 

प्रवक्ता ज्ञवालीका अनुसार भोलिको बैठकले दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने छ ।