काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले मङ्गलबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्कन आग्रह गरेका हुन् ।
पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाउँदै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई एकतामा आउन आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताए ।