काठमाडौं / निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पाटीको दल दर्ता प्रक्रियाका लागि आज सनाखत गराउँदै छ । आयोगले आज बिहान ११ः३० बजेदेखि २ बजेसम्म सनाखतको समय तोकिएको छ ।

 संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी  अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भएको हो ।

OM Sai Pathibhara Hospital

यसलगत्तै नेता  नेपाल  पक्षका ९५ जना  केन्द्रीय  सदस्य र ३१  जनाभन्दा बढी सांसदले नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गराएका थिए ।  

नेता नेपालले एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम आयोगमा पेस गरेका थिए । तर  दल दर्ताको निवेदनमा हस्ताक्षर नभएकाले ७ जनाको सनाखत नहुने भएको छ ।

यस्तै जनता समाजवादी पार्टी विभाजित भई महन्थ  ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको हो ।

नेता नेपाल  नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी  नेपाल दल दर्ताका लागि भदौ  ४ गते शुक्रबार आयोगमा निवेदन दर्ता भएको थियो  ।