राजनीति

    Showing 8,811-8,820 of 10,378 items.
  • सर्वदलीय बैठक सुरू, एमाले अनुपस्थित

    काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा बालुवाटारमा सर्वदलीय बैठक सुरू भएको छ । सरकारका क्रियाकलाप, संसद् सञ्चालन र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित छैन ।कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपालगायत दलका नेताहरू सहभागी छन् ।यस अघि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा सर्वदलीय बैठकका एजेन्डाबारे छलफल गरेका थिए ।

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 101 पटक पढिएको
  • सर्वदलीय बैठकमा एमाले नजाने

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक नेकपा एमाले नजाने भएको छ । एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा एमाले सहभागी नहुने कार्यलयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन । प्रतिपक्ष र सत्तापक्षी बिच छलफल भए मात्रै सहभागी हुने तामाङको भनाइ छ । प्रतिपक्ष र सत्तापक्षी बिच छलफल भए सहभागी हुन्छौ भनेकै छौ, तामाङले  भने, तर यो अनेक दल सहभागी हुने बैठकमा एमाले सहभागी हुँदैन ।संघीय संसद्‍मा जारी अवरोध र एमसीसी सम्झौताबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यस अघिका सर

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 97 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : खुलातर्फ दोस्रो दिनको मतगणना सुरु

    काठमाडौँ  / नेपाली कांग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ ।खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् । शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो । आजदेखि बाँकी मतगणना हुनेछ । मतगणनाअनुसार शशांक कोइरालाको सबैभन्दा धेरै मत रहेको छ ।

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 97 पटक पढिएको
  • पहिचानले राष्ट्रियता सुदृढ हुन्छ : प्रचण्ड

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताएका छन, । किराँत समुदायको पर्व उँधौली तथा नेवार समुदायले मनाउने योमरी पुन्हीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली किराँत र नेवार समुदायमा शुभकामना व्यक्त गर्दै उनले सबै समुदायको हकअधिकार र पहिचानले नै राष्ट्रियता सुदृढ हुन्छ भनेका छन ।समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले मुलुकको सामाजिक विकास र समृद्धिमा यस्त

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 96 पटक पढिएको
  • उँधौलीले आपसी सद्भाव तथा मातृत्व अभिवृद्धिमा सघाउँछ : प्रधानमन्त्री देउवा

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उँधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन ।प्रधानमन्त्री देउवाले उँधौली पर्वको अवसरमा आज एक सन्देश जारी गर्दै नेपालको उच्च पहाडी भूभागमा ठूलो सङ्ख्यामा बसोबास गर्ने किरात समुदायद्वारा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उँधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन ।किरात समुदायको मान्यताअनुसार आजको दिनदेखि हिउँद सुरु हुने र यो समयमा लेकबाट घरपालुवा बस्तुभा

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 93 पटक पढिएको
  • आज सर्वदलीय बैठक बस्दै

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक आइतबार (आज) दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्‍ने भएको हो ।संघीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्नलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बैठक बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार बैठकमा संसद्मा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामो समयदेखि संसद्‌ अवरुद्ध गर्दै आएको छ ।

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 99 पटक पढिएको
  • चोरको खुट्टा काट भन्दा नेताले आफैंलाई भने जस्तो गरेर खुट्टा ताने’

    बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चोरको खुट्टा काट भन्दा अन्य दलका नेताले खुट्टा तानेको जस्तो प्रवृत्ति देखाएको आरोप लगाएका छन् । शनिबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै लिङ्देनले कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा आफूले नेताहरूले चरित्र सुधार्नु पर्ने कुरा भन्दा नेताहरू आफूमाथि खनिएको बताउँदै सो आरोप लगाएका हुन् ।  उनले भने, ‘मैले प्रवृत्तिको कुरा गरेको थिएँ। तर नेताले आफैंलाई भनिएको जस्तो चोरको खुट्टा काट भन्दा खुट्टा ताने।’आफू पदमा मात्र बस्न अध्यक्ष नभएको बताउँदै उनले भने, – ‘अब उपरखुट्टी लगाएर बस्नेको काम छैन। म पनि काम गर्छु, अरुले पनि ग

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 117 पटक पढिएको
  • एमालेको सल्लाहकार बनाइएको प्रति रावलको आपत्ति

    झापा / नेता भीम रावलले नेकपा एमालेको सल्लाहकारमा राखेको प्रति आपत्ति जनाएका छन् । रावलले सामाजिक सञ्जालमार्फत आफूलाई जानकारी नै नदिई पार्टीको सल्लाहकारमा राखेकोप्रति आपत्ति जनाएका हुन् ।सामाजिक सञ्जाल ट्वीटमा उनले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका छन् । उनले ट्विटरमा लेखेका छन्, –‘मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार  परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ।’ यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत भएको भन्दै रावलले पार्टी प्रति असन्तुष्ट व्यक्त

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 98 पटक पढिएको
  • सूचना प्रविधिको क्षेत्रमा काम भइरहेको छ : सञ्चारमन्त्री कार्की

    काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको बताएका छन् ।लिभिङ विथ आइसिटीले शुक्रबार साँझ आयोजना गरेको आइसिटी अवार्ड–२०२१ समारोहलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको विकास बिना मुलुकको विकास गर्न नसकिने बताए । उनले सरोकारवालासँग सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि छलफल गर्न मन्त्रालय तयार रहेकोसमेत बताए ।मन्त्री कार्कीले आइसिटी अवार्डले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवालाई प्रोत्साहन र प्रतिभा प्रष्फुटनमा मद्दत पु¥याउने बताए । उनले सूचना प्रविधिको सही प्रयोग गर्नु अहिलेको चुनौती रहेको भन्दै सबैले मिलेर सूच

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 97 पटक पढिएको
  • एमालेमा सल्लाहकारको जिम्मेवारी भीम रावललाई

    काठमाडौं / नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार रहेका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा. रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताए । उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा. रावलको परामर्श बमोजिम हुने स्पष्ट पारे । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.