काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक आइतबार (आज) दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्‍ने भएको हो ।

OM Sai Pathibhara Hospital

संघीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्नलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बैठक बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा संसद्मा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामो समयदेखि संसद्‌ अवरुद्ध गर्दै आएको छ ।