झापा / नेता भीम रावलले नेकपा एमालेको सल्लाहकारमा राखेको प्रति आपत्ति जनाएका छन् ।

रावलले सामाजिक सञ्जालमार्फत आफूलाई जानकारी नै नदिई पार्टीको सल्लाहकारमा राखेकोप्रति आपत्ति जनाएका हुन् ।

OM Sai Pathibhara Hospital

सामाजिक सञ्जाल ट्वीटमा उनले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका छन् । 

उनले ट्विटरमा लेखेका छन्, –‘मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार  परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ।’

यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत भएको भन्दै रावलले पार्टी प्रति असन्तुष्ट व्यक्त गरेका छन् । 

दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएका थिए । एमाले अध्यक्ष पदमा पराजित भएपछि उनले कुनै कमिटीमा नबस्ने घोषणा गरेका थिए । 

पार्टीको गत मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।