बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चोरको खुट्टा काट भन्दा अन्य दलका नेताले खुट्टा तानेको जस्तो प्रवृत्ति देखाएको आरोप लगाएका छन् । 

शनिबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै लिङ्देनले कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा आफूले नेताहरूले चरित्र सुधार्नु पर्ने कुरा भन्दा नेताहरू आफूमाथि खनिएको बताउँदै सो आरोप लगाएका हुन् ।  

OM Sai Pathibhara Hospital

उनले भने, ‘मैले प्रवृत्तिको कुरा गरेको थिएँ। तर नेताले आफैंलाई भनिएको जस्तो चोरको खुट्टा काट भन्दा खुट्टा ताने।’

आफू पदमा मात्र बस्न अध्यक्ष नभएको बताउँदै उनले भने, – ‘अब उपरखुट्टी लगाएर बस्नेको काम छैन। म पनि काम गर्छु, अरुले पनि गर्नुपर्छ।’

अध्यक्ष लिङदेनलाई कार्यकर्ताहरूले भद्रपुर विमान स्थलबाट स्कटिङ गरेर कार्यक्रम स्थल सम्म ल्याएका थिए । 

कार्यक्रममा १ नम्बर प्रदेश भरीका नेताहरूको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा नयाँ सदस्यलाई प्रवेश समेत गराइएको थियो ।