काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक नेकपा एमाले नजाने भएको छ ।

एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा एमाले सहभागी नहुने कार्यलयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन । 

OM Sai Pathibhara Hospital

प्रतिपक्ष र सत्तापक्षी बिच छलफल भए मात्रै सहभागी हुने तामाङको भनाइ छ । प्रतिपक्ष र सत्तापक्षी बिच छलफल भए सहभागी हुन्छौ भनेकै छौ, तामाङले  भने, तर यो अनेक दल सहभागी हुने बैठकमा एमाले सहभागी हुँदैन ।

संघीय संसद्‍मा जारी अवरोध र एमसीसी सम्झौताबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् ।

एमाले प्रधानमन्त्री देउवाले बोलाएका यस अघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।