काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा बालुवाटारमा सर्वदलीय बैठक सुरू भएको छ । 

सरकारका क्रियाकलाप, संसद् सञ्चालन र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । 

OM Sai Pathibhara Hospital

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित छैन ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपालगायत दलका नेताहरू सहभागी छन् ।

यस अघि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा सर्वदलीय बैठकका एजेन्डाबारे छलफल गरेका थिए ।