राजनीति

    Showing 8,581-8,590 of 10,378 items.
  • गठबन्धन टुट्छ भने एमसीसी पास गरौँ : डा.भट्टराई

    काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धन टुट्छ भने एमसीसी सम्झौता पास गर्नुपर्ने बताएका छन् । उनले मध्यरात १२ बजे ट्विट गर्दै एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गर्नुपर्ने बताएका हुन् ।डा.भट्टराईले एमसिसीकै बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुने बताउँदै जनतामा एमसीसीबारे भ्रम रहेको र त्यसलाई सबैले एकमुख भएर बुझाउने पर्ने बताएका छन् ।उनले ट्वीटमा भनेका छन्, ‘एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौँ । सबै एकमुख भएर जनतालाई बुझाऊॅ । यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।’

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 110 पटक पढिएको
  • प्रधानमन्त्री देउवाद्वारा सहिद स्तम्भमा माल्यार्पण

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताएका हुन् ।सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उनले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राखेका छन्। सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पार्दै सच

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 94 पटक पढिएको
  • नेकपा तिन टुक्रा बनाउने कट्टेल पार्टीबाट निष्कासित

    बिर्तामोड / नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा विघटन गराउन प्रमुख भूमिका खेल्ने ऋषि कट्टेल आफ्नै पार्टीबाट निष्कासनमा परेका छन् ।कट्टेल अध्यक्ष रहेको नेकपाले सर्वोच्च अदालतमा दायर गरेको मुद्दालाई नै आधार बनाएर सर्वोच्चले प्रचण्ड र ओली नेतृत्वको नेकपा भंग गराउने गरी आदेश सुनाएको थियो ।पार्टी हितविपरीत काम गरेको भन्दै कट्टेल अध्यक्ष रहेको पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले कट्टेललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् ।सुवेदीले विज्ञप्ति जारी गरी दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपा

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 115 पटक पढिएको
  • लिङ्देनमाथि आरोप : पार्टी सञ्चालनमा असफल

    बिर्तामोड / राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी सञ्चालनमा असफल सावित भएको कमल थापा पक्षधर नेताले आरोप लगाउन थालेका छन् ।अध्यक्षमा निर्वाचित भएको करिव दुई महिना सम्म पनि पदाधिकारी नियुक्त गर्न नसकेकाले उनी पार्टी सञ्चालनमा असफल बनेको थापा पक्षीय नेताहरूले आरोप लगाएका हुन् । राप्रपाको विधानमा महामन्त्री एक सहित सहमहामन्त्री , कोषाध्यक्ष र सहकोषाध्यक्ष सहित दर्जन पदमा उनले नियुक्ति गर्न सकेका छैनन् ।गत पुष २० गते अध्यक्षले मनोनित गरेका केन्द्रिय सदस्य पनि विवाद रहित हुन सकेको छैन । जनमत नभएका र असमावेशी भएको भन्दै उनी माथि आरोप लागि रहेको छ ।केन्द्रिय सदस्य मनोनितमा पनि उनले मधेश प्रदेशबाट

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 131 पटक पढिएको
  • समृद्धिको आकाङ्क्षा पूरा गर्न अग्रसर हुनु सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ : राष्ट्रपति

    काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरेकी छन्।सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिँदै उनले यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छन्।राष्ट्रपतिले वीर

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 104 पटक पढिएको
  • सहिदको बलिदानले नै जनताको शासन स्थापित हुन सकेको हो : प्रधानमन्त्री

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रूपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गरेका छन्।सहिद दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले विसं २००७ को एकतन्त्रीय जहाँनिया राणाशासन विरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२/६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलन लगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको बताए।प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 92 पटक पढिएको
  • गठबन्धनको बैठक पुनः अपराह्न बस्दै

    काठमाडौं / स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक पुनः अपरान्ह बस्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो विषयमा निर्णय गर्न असफल बने पछि पुनः अपरान्ह बस्ने भएको हो । स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान बसेको बैठकले आन्तरिक छलफल गरेर फेरि बस्ने गरी बिहानको बैठक स्थगित गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार दबाबमा छ ।

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 171 पटक पढिएको
  • एमालेको जनसंगठन संयन्त्रको बैठक आज बस्दै

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनसंगठन समन्वय संयन्त्रको बैठक बोलाएको छ । बैठक आज (शनिबार) दिउँसो ३ बजे भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्ने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । रिजालका अनुसार चितवनमा सम्पन्न एमालेले १० औँ महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएको थियो । बैठकमा २२ वटै जनसङ्गठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुनेछन् ।पूर्वस्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसङ्गठनका राष्ट्रिय अधिवेशन र सम्मेलन आयोजनाका विषयमा छलफल हुने रिजालले बताए । स्थानीय चुन

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 102 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन (सूचीसहित)

    काठमाडौं / नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति शेरबहादुर देउवाले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् । कांग्रेसमा ४६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था भए पनि देउवाले ३७ जनालाई समेटेका छन् भने ९ जनालाई पछि मनोनयन गरिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरू रहेका छन् । सभापति देउवाले छुटेकालाई पछि अटाउने आश्वासन दिएक

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 119 पटक पढिएको
  • ५३ लाख हिनामिना गरेको आरोपमा वडासचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र राजस्व हिनामिना अभियोगमा नुवाकोट पञ्चकन्या गाउँपालिका –२ का वडासचिवसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार वडा सचिव सरिता राउत, रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर भएको हो ।गतवर्ष चैत २४ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्न ल्याएको रकम र संकलित राजस्वसहित ५३ लाख १ हजार ८ सय ५६ रुपैयाँ हराएपछि आयोगले अनुसन्धान गरी ‘हिनामिना’ भएको ठहर गरेको हो ।अख्तियारका सहायक प्रवक्ता बोदप्रसाद भण्डारीका

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.