काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनसंगठन समन्वय संयन्त्रको बैठक बोलाएको छ । 

बैठक आज (शनिबार) दिउँसो ३ बजे भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्ने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

रिजालका अनुसार चितवनमा सम्पन्न एमालेले १० औँ महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएको थियो । बैठकमा २२ वटै जनसङ्गठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुनेछन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसङ्गठनका राष्ट्रिय अधिवेशन र सम्मेलन आयोजनाका विषयमा छलफल हुने रिजालले बताए । 

स्थानीय चुनाव समयमै गर्न आलटाल गरेको भन्दै नेकपा एमालेले सरकारलाई समयमा चुनाव गर्न दबाब दिने भएको छ । 

सत्ता गठबन्धनमा निर्वाचन ऐन संशोधन गरेर आगामी कार्तिकमा पुर्याउने तयारी भइरहेका बेला वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको एमालेले पार्टीका विभिन्न जनसंठन मार्फत दबावका कार्यक्रम अघि बढाउने भएको हो । 

सरकारले कोरोना संक्रमण बढेकाले २५ जना भन्दा बढीको सङ्ख्यामा भेला नगर्न निर्देशन जारी गरेको छ । तर उपप्रमुख रिजालले बैठकमा स्वास्थ्य मापदण्ड पालना गरेर बैठक बस्ने दाबी गरे ।