काठमाडौं / नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।

OM Sai Pathibhara Hospital

केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति शेरबहादुर देउवाले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् । 

कांग्रेसमा ४६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था भए पनि देउवाले ३७ जनालाई समेटेका छन् भने ९ जनालाई पछि मनोनयन गरिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरू रहेका छन् । सभापति देउवाले छुटेकालाई पछि अटाउने आश्वासन दिएका छन् ।

यस्तो छ केन्द्रीय कार्यसम्पादन समिति :

शेरबहादुर देउवा – सभापति
रामचन्द्र पौडेल – वरिष्ठ नेता
पूर्णबहादुर खड्का – उपसभापति
धनराज गुरुङ – उपसभापति
गगन थापा – महामन्त्री
विश्वप्रकाश शर्मा – महामन्त्री
फरमुल्लाह मन्सुर – सहमहामन्त्री
भीष्मराज आङदेम्बे – सहमहामन्त्री
उमाकान्त चौधरी – सहमहामन्त्री
महेन्द्र यादव – सहमहामन्त्री
महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री
किशोरसिंह राठौंर – सहमहामन्त्री
बद्री पाण्डे – सहमहामन्त्री
जीवन परियार – सहमहामन्त्री
गोपालमान श्रेष्ठ
प्रकाशमान सिंह
विमलेन्द्र निधि
विजयकुमार गच्छदार
कृष्णप्रसाद सिटौला
डा. शशाङ्क कोइराला
चित्रलेखा यादव
डा. रामशरण महत
अर्जुननरसिंह केसी
डा. प्रकाशशरण महत
सुनिलबहादुर थापा
डा. शेखर कोइराला
बलबहादुर केसी
बालकृष्ण खाण
ज्ञानेन्द्रबहादुर कार्की
उमा रेग्मी
रमेश रिजाल
डा. नारायण खड्का
जीपछिरिङ लामा
सुजाता कोइराला
एनपी साउद
जीवनबहादुर शाही
आनन्द प्रसाद ढुंगाना