काठमाडौं / स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक पुनः अपरान्ह बस्ने भएको छ । 

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो विषयमा निर्णय गर्न असफल बने पछि पुनः अपरान्ह बस्ने भएको हो । 

OM Sai Pathibhara Hospital

स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान बसेको बैठकले आन्तरिक छलफल गरेर फेरि बस्ने गरी बिहानको बैठक स्थगित गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार दबाबमा छ ।