बिर्तामोड / नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा विघटन गराउन प्रमुख भूमिका खेल्ने ऋषि कट्टेल आफ्नै पार्टीबाट निष्कासनमा परेका छन् ।

कट्टेल अध्यक्ष रहेको नेकपाले सर्वोच्च अदालतमा दायर गरेको मुद्दालाई नै आधार बनाएर सर्वोच्चले प्रचण्ड र ओली नेतृत्वको नेकपा भंग गराउने गरी आदेश सुनाएको थियो ।

OM Sai Pathibhara Hospital

पार्टी हितविपरीत काम गरेको भन्दै कट्टेल अध्यक्ष रहेको पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले कट्टेललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् ।

सुवेदीले विज्ञप्ति जारी गरी दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरित कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन गरिएको समितिको सिफारिसका आधारमा उनलाई पार्टीबाट निष्कासन गरिएको जनाएका हुन् ।

कट्टेलले भने पार्टीको चितवनमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित आफूलाई कुनै एउटा गुटले निष्कासन गर्न नसक्ने बताएका छन् । उनले नेकपा नाम लोकप्रिय बनेकाले अन्य दलको उक्साहटमा त्यस्तो विज्ञप्ति जारी भएको जनाएका छन् ।