राजनीति

    Showing 8,551-8,560 of 10,378 items.
  • प्रदेश १ मा थपिए आठ मन्त्री, आजै सपथ लिँदै

    बिर्तामोड /  प्रदेश १ मा आज मन्त्रिपरिषद विस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज(आइतबार) मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी मन्त्रीहरु नियुक्त गर्ने बताइएको हो ।मुख्यमन्त्री कार्यालयका अनुसार आज नयाँ मन्त्रीहरुको नियुक्ति हुनेछ । नवनियुक्त मन्त्रिहरुको सपथसमेत आजै हुने तयारी भइरहेको छ । पाँच दलीय गठबन्धनको सरकारमा मन्त्रालय फुटाएरै भागबन्डा मिलान गर्ने सहमति भएअनुसा मन्त्रीहरुको व्यवस्थपान गर्न लागिएको हो ।गएको आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सातबाट मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो । आज मन्त्री बन्नेहरुमा काँग्रेसबाट प्रदेश सांसद प्रकाशप्रताप हाङ्गाम

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 157 पटक पढिएको
  • गृहमन्त्री खाँणद्वारा विपद् प्रभावितलाई राहत दिन निर्देशन

    काठमाडौँ / गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबं राहत उपलब्ध गराउन निर्देशन दिएका छन्।गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराइका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा रुखकोे हाँगा भाँचिदा महेन्द्र सदाकी ८ वर्षीय

    • प्रकाशित मितिः माघ २२, २०७८
    • 103 पटक पढिएको
  • प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् ।  देउवा प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै प्रेस हेर्दै आएका उनलाई सोमबार बसेको मन्त्रिपरिषद्ले प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।सोमबार निर्णय भए पनि उनलाई शुक्रबार मात्रै नियुक्ति पत्र थमाइएको छ । असार २९ गते प्रधानमन्त्री बनेका देउवाले ७ महिनासम्म निजी सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । देउवाले यसअघि आफ्नो स्वकीय सचिवमा भानु देउवा, भाषण विज्ञमा किरण गजुरेल नियुक्त गरिसकेका छन् ।यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि परियार प्रेस संयोजक रहेका थिए। त्यसअघि उनले अन्नपूर्ण पोस्ट्, नाग

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 77 पटक पढिएको
  • संविधान कार्यान्वयनमा राष्ट्रिय सभाले परिपक्वता देखाएको छ: राष्ट्रपति

    काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छन्।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसदमा समिति प्रणाली राष्ट्रिय सभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रिय सभाले परिपक्वता देखाउनाका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेकामा धन्यवादसमेत दिइन्। उनले लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायहरूदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मे

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 102 पटक पढिएको
  • एमसीसी प्रस्ताव अघि बढाउन प्रधानमन्त्री देउवाको जोडबल

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) प्रस्ताव संसदमा टेबुल गर्न जोडबल गरेका छन् ।  बालुवाटारमा बिहिवार साँझ आफु निकटका नेताहरुसँग आन्तरिक परामर्श गर्दै देउवाले २६ गतेको संसदमा प्रस्ताव अघि बढाउन जोड दिएका हुन् ।देउवाले बिहिवार साँझ गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस सचेतक पुष्पा भुसालसँग छलफल गरेका थिए । छलफलमा उनले सदनको अवरोध हटाउन र एमसीसी प्रस्ताव अघि बढाउने विषयमा आफूले पनि निर्णायक पहल थाल्ने भन्दै अन्य पार्टीसँग परामर्श गर्ने जिम्मेवारी मन्त्रीद्वय खाँण र कार्कीलाई दिएका हुन् ।गठब

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 99 पटक पढिएको
  • जनमत पार्टीद्वारा राजमार्ग अवरुद्ध

    काठमाडौं / पूर्व-पश्चिम राजमार्ग अन्तरगत सिरहाको सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । जनमत पार्टीका कार्यकर्ताले गाडी तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । आन्दोलनकारीको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी हवल्दार सामान्य घाइते भ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 92 पटक पढिएको
  • स्थानीय तह निर्वाचनको तयारीमा लाग्न एमालेको निर्देशन

    काठमाडौं / नेकपा एमालेले  स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न नेता – कार्यकर्तालाई निर्देशन दिएको हो ।एमालेले भनेको छ– ‘स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसान बाहेकका जनसङ्गठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ ।’त्यस्तै एमालेले आगामी माघ २८ गतेलाई तोकेको प्रदेश अधिवेशन स्थगित गर्ने निणर्य गरेको छ । बैठकले स्थानीय निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको एमालेले जना

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 129 पटक पढिएको
  • १५ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

    काठमाडौं / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखापरीक्षण समूहका १५ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । जसअनुसार डोरमणि घिमिरे, विश्वम्बर श्रेष्ठ, सुन्दर भुजेल, किशोर पोखरेल, ठाकुरप्रसाद न्यौपाने, शैलेन्द्रकुमार भुसाल,कृष्णहरि दाहाल र पार्वती कँडेल बढुवामा परेका छन् । त्यस्तै उमेश सुवेदी, ताराध्वज सुनुवार, मोहनप्रसाद भट्टराई, रमेश पुरी, वनमाली पौडेल, कृष्णप्रसाद शर्मा रेग्मी र जीवनकुमार मल्ल पनि बढुवा सिफारिसमा परेका छन् ।यसअिघ सामान्य प्रशासन, लेखा र राजस

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 130 पटक पढिएको
  • सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा राजमार्ग अवरुद्ध

    काठमाडौं / सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ । किसान हकहितका लागि भन्दै आन्दोलन गर्दै आएको सो पार्टीले आज सप्तरीलगायतका मधेश प्रदेशमा राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेको हो ।जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि टायर बालेर सडक अवरुद्ध गर्नुका साथै प्रदर्शन समेत गरेका छन् । प्रदर्शनका कारण सप्तरी, सिराहा, धनुषालगायत जिल्लामा यातायात प्रभावित बनेको छ । बाँसका भाटा बोकेका कार्यकर्ता सडकमा घुमिरहेका देखिएका छन् ।राजमार्ग अवरुद्ध हुँदा मधेश प्रदेश हुँदै पूर्व पश्चिम जाने आउने लामो दूरीका यातायातका साधन रोकिएका छन् । राजमार्ग क्षेत्रमा ब्यापक रुपमा प्रहरी पनि परिच

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 96 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.