काठमाडौं / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखापरीक्षण समूहका १५ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । 

जसअनुसार डोरमणि घिमिरे, विश्वम्बर श्रेष्ठ, सुन्दर भुजेल, किशोर पोखरेल, ठाकुरप्रसाद न्यौपाने, शैलेन्द्रकुमार भुसाल,कृष्णहरि दाहाल र पार्वती कँडेल बढुवामा परेका छन् । त्यस्तै उमेश सुवेदी, ताराध्वज सुनुवार, मोहनप्रसाद भट्टराई, रमेश पुरी, वनमाली पौडेल, कृष्णप्रसाद शर्मा रेग्मी र जीवनकुमार मल्ल पनि बढुवा सिफारिसमा परेका छन् ।

OM Sai Pathibhara Hospital

यसअिघ सामान्य प्रशासन, लेखा र राजस्व समूहका अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भइसकेका छन् ।