काठमाडौं / नेकपा एमालेले  स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ ।

बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न नेता – कार्यकर्तालाई निर्देशन दिएको हो ।

OM Sai Pathibhara Hospital

एमालेले भनेको छ– ‘स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसान बाहेकका जनसङ्गठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ ।’

त्यस्तै एमालेले आगामी माघ २८ गतेलाई तोकेको प्रदेश अधिवेशन स्थगित गर्ने निणर्य गरेको छ । बैठकले स्थानीय निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको एमालेले जनाएको छ । बाँकी रहेका जिल्ला अधिवेशनहरू भने निर्वाचनअघि नै गर्ने निर्णय एमालेले गरेको छ ।

बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ । त्यस्तै एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।