काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् ।  देउवा प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै प्रेस हेर्दै आएका उनलाई सोमबार बसेको मन्त्रिपरिषद्ले प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सोमबार निर्णय भए पनि उनलाई शुक्रबार मात्रै नियुक्ति पत्र थमाइएको छ । असार २९ गते प्रधानमन्त्री बनेका देउवाले ७ महिनासम्म निजी सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । देउवाले यसअघि आफ्नो स्वकीय सचिवमा भानु देउवा, भाषण विज्ञमा किरण गजुरेल नियुक्त गरिसकेका छन् ।

OM Sai Pathibhara Hospital

यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि परियार प्रेस संयोजक रहेका थिए। त्यसअघि उनले अन्नपूर्ण पोस्ट्, नागरिक दैनिक लगायतका पत्रिकामा काम गरेका थिए ।