काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) प्रस्ताव संसदमा टेबुल गर्न जोडबल गरेका छन् । 

 बालुवाटारमा बिहिवार साँझ आफु निकटका नेताहरुसँग आन्तरिक परामर्श गर्दै देउवाले २६ गतेको संसदमा प्रस्ताव अघि बढाउन जोड दिएका हुन् ।

OM Sai Pathibhara Hospital

देउवाले बिहिवार साँझ गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस सचेतक पुष्पा भुसालसँग छलफल गरेका थिए । छलफलमा उनले सदनको अवरोध हटाउन र एमसीसी प्रस्ताव अघि बढाउने विषयमा आफूले पनि निर्णायक पहल थाल्ने भन्दै अन्य पार्टीसँग परामर्श गर्ने जिम्मेवारी मन्त्रीद्वय खाँण र कार्कीलाई दिएका हुन् ।

गठबन्धनका साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल कार्यदलको सुझावपछि मात्रै एमसीसी अघि बढाउनुपर्ने पक्षमा रहेका छन् ।