राजनीति

    Showing 8,521-8,530 of 10,378 items.
  • कांग्रेसको कार्यसम्पादन समितिको पहिलो बैठक आज

    काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको पहिलो बैठक आज बस्दैछ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो ।स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर कार्य सम्पादन समितिको बैठकको एजेन्डा तय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेन्डा पनि राखिएको छ ।नेपाली कांग्रेसको बुधबार बसेको सभापति शेरबहादुर देउवाबाहेकको पद

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 103 पटक पढिएको
  • पदाधिकारीको कार्यकाल नसकिँदै निर्वाचन गर्नु संविधानविपरित : लोसपा

    काठमाडौं  /  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकाल नसकिएका स्थानीय तहको निर्वाचन रोक्न आग्रह गरेको छ । स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिँदै स्थानीय तहको निर्वाचन गराउन लागेकोप्रति आपत्ति जनाउँदै उसले सरकारको ध्यानाकर्षण गराएको हो ।लोसपा नेपाल मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बुधबार एक विज्ञप्ति जारी गरी स्थानीय तहको पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २ सय १५ को ६, २ सय १६ को ६ र २ सय २० को ५ अनुसार हुने भनिएको र कुनै निर्वाचित पदाधिकारीको कार्यकाल एकदिन पनि तलमाथि गरिनु संविधानको मर्म र भावना विपरित हुने उल्लेख गरेका छन् ।स्थानीय तहको निर्वाचन ती

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 117 पटक पढिएको
  • बाबुराम र उपेन्द्र अलग हुने

    काठमाडौं  / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता डा. बाबुराम भट्टराई बीचको विवाद उत्कर्षमा पुगेपछि  पार्टी फुटको अवस्थामा पुगेको छ ।यादव पक्षधरले पार्टीमा एकलौटी निर्णयहरू गर्न थालेको भन्दै भट्टराई पक्ष असन्तुष्ट छ । प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई यादव पक्षधरले अन्तर्घात गरेको विषयले पनि विवाद बढाएको छ ।भट्टराईले केन्द्रीय कमिटीमा बहुमत बनाउने प्रयास थालेका छन् । उनले बहुमत बनाउन नसके अलग पार्टी बनाउने तयारी गरेका छन् ।भट्टराईलाई कृषिमन्त्री महेन्द्र राय यादव, अर्का नेता मोहम्मद इस्तियाक राई, रामनरेश यादवलगायतले साथ दिइरहेका छन् । यादव

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 123 पटक पढिएको
  • नेपाल प्रज्ञा प्रतिष्ठानमा माघ २८ र २९ गते माओवादीको केन्द्रीय समितिको बैठक

    काठमाडौं  / नेकपा माओवादी केन्द्रले माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ ।उक्त बैठकबाट केन्द्रीय पदाधिकारीको टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ । पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।यसअघि पार्टी पदाधिकार

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 102 पटक पढिएको
  • एसीसीको विरोधमा सात राजनीतिक दलको संयुक्त प्रदर्शन, ठूलो सङ्ख्यामा प्रहरी परिचालन

    काठमाडौं / बुधबार दिउँसो माइतिघरमा भेला भएर विभिन्न सात राजनीतिक दलले संयुक्त रुपमा एमसीसीको विरोध गरेका छन ।विरोध कार्यक्रममा ‘एमसीसी खारेज गरौँ, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गरौं’ भन्दै नारा लगाइएको थियो ।नेपाल कम्युनिष्ट पार्टी, नेकपा मसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा ( माओवादी समाजवादी ) ले संयुक्त रुपमा एमसीसीको विरोध कार्यक्रम गरेका हुन् ।बिरोध प्रदर्शन कार्यक्रम माइतिघरबाट सुरु भएर नयाँ बानेश्वर सम्म पुगेको छ । प्रदर्शनकारीहरूको सँगसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि ठूलो

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 106 पटक पढिएको
  • कांग्रेस कर्णाली प्रदेश सभा दलको सचेतक पदमा शाही मनोनित

    काठमाडौं  / नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ ।दलका नेता एवं मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सभा सदस्य अमृतालाई मंगलबार सचेतक नियुक्त गर्नु भएको हो ।यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त  भएपछि अमृतालाई उक्त जिम्मेवारी दिइएको हो ।उनि २०७४ को प्रदेश सभा निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र १ क बाट निर्वाचित भएकी हुन ।कांग्रेस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ ।

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 106 पटक पढिएको
  • एमाले चितवनको अध्यक्षमा न्यौपाने

    झापा /  चितवन  नेकपा एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । १० औँ जिल्ला अधिवेशन उद्घाटन भएको एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो ।यसअघिको कार्यसमिति अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला नेतृत्व परिवर्तन भएको हो ।यस्तै, जिल्ला कार्यसमिति उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् ।

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 115 पटक पढिएको
  • प्रचण्ड र नेपालबीच खुमलटारमा भेटवार्ता

    काठमाडौं / नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलबीच मतभेद बढ्दै गइरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुधबार प्रचण्डलाई भेट्न खुमलटार पुगेको हुन् । उनीहरूबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ ।एमसीसीकै विषयलाई लिएर सत्तारुढ दलहरूबीच धुव्रिकरण बढ्दै गएको छ । एमसीसी संसद्‌मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ ।

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 88 पटक पढिएको
  • विद्युतीय मतदानको सम्भावनाबारे आयोग र आईटी विज्ञ छलफलमा

    काठमाडौँ / स्थानीय तह निर्वाचनको तयारीमा व्यस्त निर्वाचन आयोगले आज विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरूसँग छलफल गर्दैछ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको बताए । छलफलका लागि आज दिउँसो १ बजे विज्ञहरूलाई बोलाइएको उनले जानकारी दिए ।पौडेलले भने, ‘विद्युतीय मतदान देशैभरी गर्न नसके पनि केही स्थानमा गर्न सकिन्छ, एउटा – दुईटा जिल्लामा सम्भावना छ कि, सहरमा छ कि, नगरपालिकामा छ कि भनेर राय सल्लाह गर्न नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई बोलाइएको हो ।’

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 118 पटक पढिएको
  • फागुन २ सम्म संसद् बैठक स्थगित

    काठमाडौँ / प्रतिनिधि सभाको बैठक फागुन २ गते सम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा आजको बैठक विशेष कारणले स्थगित भएको उल्लेख गरिएको छ ।अमेरिकी आर्थिक सहयोग परियोजना एमसिसी संसद्‌मा पेश गर्ने तयारी भइरहेका बेला सहमति नजुटेपछि बैठक स्थगित गरिएको बताइएको छ । पहिला सत्तारुढ दलहरूबीच सहमति खोज्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् । एमालेले निरन्तर अवरुद्ध गर्दै आएकोमा पछिल्लो समय बैठक स्थगित हुँदै आएको छ ।

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.