झापा /  चितवन  नेकपा एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । १० औँ जिल्ला अधिवेशन उद्घाटन भएको एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो ।

यसअघिको कार्यसमिति अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला नेतृत्व परिवर्तन भएको हो ।
यस्तै, जिल्ला कार्यसमिति उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् ।