काठमाडौं  / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता डा. बाबुराम भट्टराई बीचको विवाद उत्कर्षमा पुगेपछि  पार्टी फुटको अवस्थामा पुगेको छ ।

यादव पक्षधरले पार्टीमा एकलौटी निर्णयहरू गर्न थालेको भन्दै भट्टराई पक्ष असन्तुष्ट छ । प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई यादव पक्षधरले अन्तर्घात गरेको विषयले पनि विवाद बढाएको छ ।

OM Sai Pathibhara Hospital

भट्टराईले केन्द्रीय कमिटीमा बहुमत बनाउने प्रयास थालेका छन् । उनले बहुमत बनाउन नसके अलग पार्टी बनाउने तयारी गरेका छन् ।

भट्टराईलाई कृषिमन्त्री महेन्द्र राय यादव, अर्का नेता मोहम्मद इस्तियाक राई, रामनरेश यादवलगायतले साथ दिइरहेका छन् । यादवलाई भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, मृगेन्द्रकुमार सिंह यादव, विजय यादवको साथ छ ।

यसअघि उपेन्द्र यादवबाट महन्थ ठाकुर अलग भएका थिए । ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए ।