काठमाडौँ / स्थानीय तह निर्वाचनको तयारीमा व्यस्त निर्वाचन आयोगले आज विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरूसँग छलफल गर्दैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको बताए । छलफलका लागि आज दिउँसो १ बजे विज्ञहरूलाई बोलाइएको उनले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

पौडेलले भने, ‘विद्युतीय मतदान देशैभरी गर्न नसके पनि केही स्थानमा गर्न सकिन्छ, एउटा – दुईटा जिल्लामा सम्भावना छ कि, सहरमा छ कि, नगरपालिकामा छ कि भनेर राय सल्लाह गर्न नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई बोलाइएको हो ।’