काठमाडौं  / नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ ।

दलका नेता एवं मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सभा सदस्य अमृतालाई मंगलबार सचेतक नियुक्त गर्नु भएको हो ।

OM Sai Pathibhara Hospital

यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त  भएपछि अमृतालाई उक्त जिम्मेवारी दिइएको हो ।

उनि २०७४ को प्रदेश सभा निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र १ क बाट निर्वाचित भएकी हुन ।

कांग्रेस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ ।