काठमाडौं / बुधबार दिउँसो माइतिघरमा भेला भएर विभिन्न सात राजनीतिक दलले संयुक्त रुपमा एमसीसीको विरोध गरेका छन ।

विरोध कार्यक्रममा ‘एमसीसी खारेज गरौँ, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गरौं’ भन्दै नारा लगाइएको थियो ।

OM Sai Pathibhara Hospital

नेपाल कम्युनिष्ट पार्टी, नेकपा मसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा ( माओवादी समाजवादी ) ले संयुक्त रुपमा एमसीसीको विरोध कार्यक्रम गरेका हुन् ।

बिरोध प्रदर्शन कार्यक्रम माइतिघरबाट सुरु भएर नयाँ बानेश्वर सम्म पुगेको छ । प्रदर्शनकारीहरूको सँगसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि ठूलो सङ्ख्यामा परिचालन गरिएको छ ।

नेपालमा एमसीसीको विषय पेचिलो बन्दै गएको छ । एमसीसी पास गर्ने या नगर्ने भन्ने सम्बन्धमा राजनीतिक दलहरूबीच पनि सहमति जुट्न सकेको छैन ।