राजनीति

    Showing 8,301-8,310 of 10,378 items.
  • प्रेस चौतारीको महाधिवेशन शुक्रबारबाट

    काठमाडौँ  / प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पोखरामा हुँदैछ ।शनिबारसम्म चल्ने महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताको तालिका रहेको छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ भने शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ । शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएको छ।२०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको हो । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभा

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 92 पटक पढिएको
  • मन्त्री श्रेष्ठले हटाए विमानस्थलको श्रम डेस्क

    काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएका छन् । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिएको गुनासो आएपछि मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् ।अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठले बताएका छन् । सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दुःख दिएको गुनासो आएको थियो ।विमानस

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 102 पटक पढिएको
  • एकीकृत समाजवादीको आज पनि केन्द्रीय कमिटी बैठक

    काठमाडौं / नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । बबरमहलमा हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।प्रतिवेदनमाथि नौ वटा समूह बनाएर छलफल सुरु भएको हो । छलफलका लागि केन्द्रीय सदस्यलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको छ ।हिजो (बुधबार)को बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टीको राजनीतिक भविष्य निर्धारणको आधार भएकाले अहिलेको सत्ता गठबन्धन र सहकार्यलाई स्थानीय

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 99 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र फ्रान्सेली प्रतिनिधि मण्डलबीच भेटवार्ता

    काठमाडौँ / नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउन फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेको हो । उनीहरूबीच द्विपक्षीय सम्बन्ध र विभिन्न बहुपक्षीय मञ्चमा भएको सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा आएको प्रतिनिधि मण्डलमा समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 106 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र प्रचण्डले अर्थमन्त्रीलाई नहटाउन सहमत

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले शर्मालाई अर्थमन्त्री जनार्दन शर्मालाई निरन्तरता दिन सहमत भएका छन् । अर्थतन्त्र सुधारको लागि शर्माले काम गरिरहेको भन्दै प्रधानमन्त्री देउवाले कुनै पनि हल्लाको पछि नलाग्न बताएका छन् ।पछिल्लो समय प्रधानमन्त्री देउवा र प्रचण्डबीच अर्थमन्त्री हटाउनेबारे बाहिर चलेको हल्ला बारे छलफल भएको थियो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारदेखि समस्यामा परेको मुलुकको अर्थतन्त्र लाई सुधार गर्ने काम भैरहेको बेलामा हल्ला चलाएर अर्थमन्त्रीमाथि प्रहार गर्न खोजेको दुवै नेता सहमत भएका छन् ।अर्थमन्त्री शर्माले म

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 140 पटक पढिएको
  • गठबन्धन तोड्ने ओलीको प्रयास असफल

    काठमाडौं / नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको गठबन्धन फुटाउने प्रयास असफल बनाएको दावी गरेका छन् ।(बुधबार) केन्द्रीय कमिटी बैठकलाई सम्बोधन नेपालले एमसीसीका नाममा केपी ओलीको गठबन्धन फुटाउने प्रयासलाई आफूले विफल पारेको बताएका छन् ।‘एमसीसीका नाममा गठबन्धनमा अविश्वास पैदा गर्ने र गठबन्धन तोड्न भएको भयङ्कर षड्यन्त्रलाई विफल पार्न सफल भएको बताएका छन् । नेपालले एमसीसी पास गर्न एमालेले निसर्त समर्थन गरेको समेत बताएका छन् ।नेकपा एमालेका अध्यक्ष ओलीले नै संसद्‌मा एमसीसी पारित गर्ने प्रस्ताव लगेको भएपनि नेपालले भने एमसीसी संसोधन पछि मात्र सर्मथन भएको समेत बताएका छन्

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 106 पटक पढिएको
  • प्रधानमन्त्री देउवाले आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौं / कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्ने भएका छन्  । ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनका लागि पार्टीले गर्न लागेको चुनावी अभियानको बारेमा जानकारी दिने स्रोतले जनाएको हो ।  सरकारले २०७९ बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । कांग्रेसले यहि फागुन २९ गतेबाट चैत २९ गतेसम्म ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ भन्ने अभियान संचालन गर्दैछ । पत्रकार सम्मेलनमा पार्टीका उपसभापतिहरू, महामन्त्रीहरू लगायतका नेताहरुको उपस्थिति रहनेछ । पत्रकार सम

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 89 पटक पढिएको
  • परराष्ट्रमन्त्री खड्का टर्कीतर्फ उडे

    काठमाडौं / परराष्ट्रमन्त्री डा. नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुन गइरहेको अन्तालिया कूटनीतिक मञ्चमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गरेका छन्  । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा खड्का टर्की प्रस्थान गरेका हुन् । परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।विद्

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 94 पटक पढिएको
  • नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं / नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ ।बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे नेकपा (एस)को केन्द्रीय कमिटीको बैठक बस्ने नेकपा (एस)का नेता प्रेमलकुमार खनालले बताएका हुन् ।बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचन,पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रमको समीक्षा भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनमाथि गहन रुपमा छलफल हुने उनले बताए । सो बैठक दुई दिनसम्म चल्ने भएको छ ।नेकपा (एस) को यही फागुन २३ गते बसेको बैठकले बुधबार केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेकोथियो ।

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 84 पटक पढिएको
  • रङ्गेलीका नगरप्रमुख अग्रवाल माओवादी केन्द्रबाट निष्कासित

    बिर्तामोड / नेकपा माओवादी केन्द्रले मोरङ रंगेली नगरपालिकाका नगरप्रमुख दिलीप बगडीया(अग्रवाल)लाई पार्टीबाट निष्कासित गरेको छ । नेकपा माओवादी केन्द्रले अग्रवालले नेकपा एमाले प्रवेश गर्ने तयारी गरेको पाएपछि उनलाई पार्टीबाट निष्कासित गरेको हो ।पार्टीविरुद्ध गतिविधि गरेका कारण माओवादी केन्द्र प्रदेश १ ले विज्ञप्ति नै जारी गरी अग्रवालको साधारण सदस्यता समेत खारेज गरेर कारबाही गरेको  छ । अग्रवाललाई नगरपालिका प्रमुखको पदबाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अग्रवाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट रंगेली नगरपालिकाको प्रमुखमा विजय

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 155 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.