काठमाडौं / कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्ने भएका छन्  । 

ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनका लागि पार्टीले गर्न लागेको चुनावी अभियानको बारेमा जानकारी दिने स्रोतले जनाएको हो ।  

OM Sai Pathibhara Hospital

सरकारले २०७९ बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । कांग्रेसले यहि फागुन २९ गतेबाट चैत २९ गतेसम्म ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ भन्ने अभियान संचालन गर्दैछ । पत्रकार सम्मेलनमा पार्टीका उपसभापतिहरू, महामन्त्रीहरू लगायतका नेताहरुको उपस्थिति रहनेछ । पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय भएको छ ।