बिर्तामोड / नेकपा माओवादी केन्द्रले मोरङ रंगेली नगरपालिकाका नगरप्रमुख दिलीप बगडीया(अग्रवाल)लाई पार्टीबाट निष्कासित गरेको छ । नेकपा माओवादी केन्द्रले अग्रवालले नेकपा एमाले प्रवेश गर्ने तयारी गरेको पाएपछि उनलाई पार्टीबाट निष्कासित गरेको हो ।
पार्टीविरुद्ध गतिविधि गरेका कारण माओवादी केन्द्र प्रदेश १ ले विज्ञप्ति नै जारी गरी अग्रवालको साधारण सदस्यता समेत खारेज गरेर कारबाही गरेको छ । अग्रवाललाई नगरपालिका प्रमुखको पदबाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।






































