काठमाडौं / नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । बबरमहलमा हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

प्रतिवेदनमाथि नौ वटा समूह बनाएर छलफल सुरु भएको हो । छलफलका लागि केन्द्रीय सदस्यलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको छ ।

OM Sai Pathibhara Hospital

हिजो (बुधबार)को बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टीको राजनीतिक भविष्य निर्धारणको आधार भएकाले अहिलेको सत्ता गठबन्धन र सहकार्यलाई स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा चुनावसम्म कायम राख्नुपर्नेमा उनको जोड छ । बैठकमा पार्टीको भावी कार्ययोजनासँगै सदनबाट पारित अमेरिकी सहयोग अनुदान एमसीसीबारेमा पनि समीक्षा भैरहेको छ ।

बैठकमा आउँदो निर्वाचन, सत्ता सहकार्य, गठबन्धन र एमसीसी पारितपछि उत्पन्न परिस्थितिबारे छलफल भैरहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।