काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले शर्मालाई अर्थमन्त्री जनार्दन शर्मालाई निरन्तरता दिन सहमत भएका छन् । अर्थतन्त्र सुधारको लागि शर्माले काम गरिरहेको भन्दै प्रधानमन्त्री देउवाले कुनै पनि हल्लाको पछि नलाग्न बताएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवा र प्रचण्डबीच अर्थमन्त्री हटाउनेबारे बाहिर चलेको हल्ला बारे छलफल भएको थियो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारदेखि समस्यामा परेको मुलुकको अर्थतन्त्र लाई सुधार गर्ने काम भैरहेको बेलामा हल्ला चलाएर अर्थमन्त्रीमाथि प्रहार गर्न खोजेको दुवै नेता सहमत भएका छन् ।

OM Sai Pathibhara Hospital

अर्थमन्त्री शर्माले मुलुक र जनताको अहित हुनेगरि कुनैपनि काम नगरेको अर्थ मन्त्रालयका अधिकारीहरूले दावी गरेका छन् । उनीहरूले मन्त्री शर्माले देशको हितमा हुनेगरि काम गर्न थालेपछि केही मान्छेहरू सङ्गठित रुपमा नै मन्त्रीलाई हटाउन लागिपरेको पनि दाबी गरेका छन् । 

मन्त्री शर्माको विगतदेखि वर्तमानसम्मको कार्यसम्पादन धेरै नै राम्रो रहेको अर्थतन्त्रसम्बन्धी जानकारहरूको टिप्पणी रहेको छ । ऊर्जा मन्त्रालयमा जस्तै सफल छवि बनाउनेगरि अहिले अर्थमन्त्रालयको कामकारबाही अघि बढिरहेको बेलामा उनलाई हटाउनको लागि एउटा गिरोह नै सक्रिय भएको चर्चा रहेको छ ।