काठमाडौं— काठमाडौं महानगरपालीकाकी उपमेयर सुनिता डंगोलले संसारका विभिन्न कुनामा नेपालको भगवान वा सम्पदाहरु चोरेर लगेको दाबी गरेकी छिन् । शुक्रबार पुनर्निर्मित ब्रम्हा मन्दिर उद्घाटन समारोहमा बोल्दै उनले चोरी भएका सम्पदाहरु पुनः नेपालमा नै फिर्ता ल्याउने काम वा पुनस्थापना गर्ने काममा काठमाडौं महानगरपालीकाले सक्दो भूमिका खेलिरहेको बताइन् । त्यस्तै उनले ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सफल भएको बताइन् । उनले केही समय अघि इथुमबहालमा ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सकेको बताइन् । उनले पौवामा पुरातत्वसँगै गुठीको पनि उत्तिकै भूमिका रहेको जानकारी दिइन् । उनले
काठमाडौं— कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिंन्हाले जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरु नियोजित प्रकृतिका भएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिंन्हाले भदौ २३ र २४ गतेका घटनामा नहुनुपर्ने धेरै घटना घटेको उल्लेख गरे ।उनले भने, ‘सुरक्षा गर्नमा धेरै समस्याहरू छन् । जेनजी आन्दोलनमा धेरै हतियारहरू लुटिएका छन्, जेलबाट कैदीहरू भागेका छन् । जनताले अलिकति असुरक्षित महसुस गर्नु स्वाभाविक हो ।’मन्त्री सिन्हाले चुनौतीपूर्ण अवस्थामाझ पनि हतियारसहितका अभियुक्तहरू दैनिक रूपमा पक्राउ भइरहेको बताए । उनले थपे, ‘सुरक्षाकर्मीहर
काठमाडौं— संघीय संसद् अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । बैठक शुक्रबार दिनको १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बस्ने भएको हो । आजको बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोग, नेपालसँग छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।
काठमाडौ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।हात्तीवनस्थित संयोजक दाहालको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिष्ट एकतालगायत विषयमो छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले राससलाई जानकारी दिनुभयो ।
काठमाडौं— काठमाडौँ महानगरपालिकाले करारमा २३ जना नगर प्रहरी जवान (अग्नि नियन्त्रक) माग गरेको छ।महानगरपालिकाले आज सूचना जारी गर्दै १५ दिनभित्रमा अनलाइन आवेदन दिन अनुरोध गरेको छ।महानगरपालिकाले अग्नि नियन्त्रकसँगै हलुका सवारी चालक १९ जना र कार्यालय सहयोगी २ जना पनि माग गरेको छ।महानगरपालिकाका अनुसार हरेक सेवा/समूह/तहका लागि तीन हजार आवेदन शुल्क लाग्ने छ।राजस्व तिरेको सक्कल रसिद,नागरिकता, शैक्षिक योग्यता,सम्बन्धित विषयको कार्य अनुभवको प्रमाणपत्र स्क्यानसहित वेबसाइट www.kathmandu. gov.np मा रहेको अनलाइन आवेदन प्रणालीमार्फत दरखास्त दिनुपर्ने छ।
काठमाडौं— अर्थ मन्त्रालयको मातहतमा रहेको आन्तरिक राजस्व विभागले देशभरका ३८ करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयबारे स्पष्टीकरण जारी गरेको छ। उक्त निर्णयपछि उठेका प्रश्न र टिप्पणीहरूको जवाफस्वरूप विभागले वैकल्पिक सेवा व्यवस्थाबारे जानकारी दिएको हो।करदाता सेवा कार्यालयहरूले गर्दै आएका स्थायी लेखा नम्बर प्रमाणपत्र वितरण लगायतका काम अब सम्बन्धित स्थानीय तहमार्फत उपलब्ध हुने विभागले जनाएको छ । विभागका अनुसार स्थानीय तहबाट ती सेवा पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने भएकाले अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ।स्थानीय तहमा सेवा प्रारम्भ नभएसम्म ती कार्यहरू सम्बन्धित जिल्लाका कोष तथा लेखा न
काठमाडौं— नियमित महाधिवेशनका लागि दबाब दिनका लागि नेपाली कांग्रेसको संस्थापन पक्षले बिहीबार काठमाडौंमा भेला गरेको छ ।बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला शुरु भएको हो । भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् ।थापाले विशेष महाधिवेशन समय सान्दर्भिक नभएको बताएका छन् । उनले विशेष महाधिवेशन दर्ता भए पनि त्यसको कुनै सिङ्ग पुच्छर नभएको बताए । उनले भने, ‘जेनजी आन्दोलनमा हाम्रो पार्टी कार्यालयसँगै पार्टी सभापतिको घर नै जल्यो । त्यसपछि सभापतिलाई हटाउनुपर्ने भन्दै पार्टीका महामन्त्रीहरुले अभियान नै चलाउनुभयो । त्यसपछि सभापतिले कार्यवाहक सभापति तोकेर तुरुन्तै ब
काठमाडौं— 'नेपाली कम्युनिस्ट पार्टी' दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । पार्टी दर्ताका लागि बुधबार नै निवेदन दिइएको नेता प्रकाश ज्वालाले जानकारी दिए ।बुधबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० घटकले एकता घोषणा गरेका थिए । नवगठित पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड छन् ।सह–संयोजक माधवकुमार नेपाल राखिएका छन् । पार्टीको चुनाव चिह्न तारा राखिएको छ ।दर्ताका लागि केही डकुमेन्टपछि दिने गरी पार्टीको नाम, चिह्न, संयोजक, सह–संयोजकलगायतको विवरण आयोगमा बुझाइएको छ । बाँकी विवरण छिट्टै बुझाइने ज्वालाले जानकारी दिए ।
काठमाडौं— नेकपा (एमाले) निकट युवा संघको टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध उजुरी लिएर साइबर ब्युरो जाने भएको छ ।सामाजिक सञ्जालमार्फत अशोभनीय गालीगलौज गरेको आरोपमा उजुरी दर्ता गर्न लागेको संघका अध्यक्ष क्षितिज थेबेले बताए ।उनका अनुसार टोली आज दिउँसो २ बजे साइबर ब्युरो पुग्नेछ ।यसअघि अनेरास्ववियुले पनि जेनजी आन्दोलनमा बालेनको संलग्नता रहेको आरोपसहित प्रहरीमा उजुरी दिएको थियो ।
काठमाडौं— ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले गृहमन्त्रीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना समेत गरेका छन् ।सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेका आरोप लगाउँदै तत्काल कदम चाल्न चेतावनी दिएका हुन् । गुरुङले भनेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन । देशभर ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा पनि तपाईं ‘जेनजीलाई कारबाही’ भन्ने आवाज मात्र सुन्ने गृहमन्त्री बन्नुभयो । यो राष्ट्रप्रतिको अपमान हो ।’उनले गृहमन्त्रीलाई शहीदको बलिदान, नेपाली जनताको आशा र आँ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.