चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति तथा अर्थमन्त्री क्धबचलष्m ध्बनभि ले रास्वपाले अब आन्दोलनमुखी राजनीतिबाट संस्थागत र परिणाममुखी राजनीतिक यात्राको सुरुआत गरेको बताएका छन्। चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीको मुख्य उद्देश्य सरकार फेरबदल मात्र नभई राजनीतिक संस्कार परिवर्तन रहेको बताए।
वाग्लेले नेपालमा स्रोत र सम्भावनाको अभाव नभए पनि गलत राजनीतिक तथा प्रशासनिक संरचनाका कारण नागरिकमा निराशा बढेको उल्लेख गरे। इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई अवसर सहज हुने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
उनले रास्वपा विवेक, विधि र नियममा आधारित शासन व्यवस्था, मेरिटोक्रेसी तथा नागरिक केन्द्रित लोकतन्त्रको पक्षमा रहेको बताए। हामी कसैलाई हराउन होइन, नेपाललाई जिताउन आएका हौं, उनले भने। रास्वपाले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समान अवसरयुक्त समाज र सेवा प्रवाहमा केन्द्रित सक्षम राज्य निर्माणको लक्ष्य लिएको पनि उनले बताए। युवाले अवसरका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्दै देशमै सम्मानजनक रोजगारी र सम्भावना सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।
वाग्लेले रास्वपाको प्रथम महाधिवेशनलाई केवल संगठनात्मक कार्यक्रम नभई नेपालको राजनीतिक पुनर्जागरणको सुरुआतका रूपमा चित्रित गर्दै निराशालाई आशा, आक्रोशलाई निर्माण र विद्रोहलाई रूपान्तरणमा बदल्ने अभियान सफल बनाउन आह्वान गरे।




































