काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चितवनको भरतपुर पुगेर घण्टी बजाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेसनमा शुभकामना दिन अतिथिको रुपमा भरतपुर पुगेका थापाले महाधिवेसन उद्घाटनमा रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाहसँगै घण्टी बजाएका हुन् । थापालाई रास्वपाका वरिष्ठ नेता शाहले घण्टी समाउन दिएका थिए ।

सो क्रममा महाधिवेशनमा शुभकामना दिन पुगेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ, नेकपा नेता वर्षमा पुन, नेकपा एमालेका नेता प्रदिप ज्ञवाली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगाएतलाई पनि घण्टी बजाउन दिइएको थियो ।