चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार र सरकारी रकम दुरुपयोगमा संलग्न जोसुकै भए पनि कारबाहीबाट नबच्ने चेतावनी दिएका छन्। आवश्यक परे अख्तियारसँग वर्षौंसम्म परामर्श गरेर पनि कानुनी प्रक्रिया अघि बढाउने उनले बताए।रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकार विकास र काममा केन्द्रित भए पनि विगतका अनियमितता र भ्रष्टाचारका विषयमा भने कठोर रूपमा प्रस्तुत हुने जिकिर गरे । “हामी पुराना कुरा कोट्याएर राजनीति गर्दैनौं। तर जहाँ सरकारी पैसा दोहन भएको छ, त्यहाँ अवश्य पुग्छौं,” उनले भने।प्रधानमन्त्री शाहले सरकारले कानुनको सीमाभित्र रहेर काम गर्ने स्पष्ट
चितवन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाले आफूलाई कुनै ‘ललिपप’ देखाएको भन्ने टिप्पणीको कडा प्रतिवाद गरेका छन्। रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूले जीवनभर संघर्षको राजनीति गरेको स्मरण गराउँदै पद र लाभको लोभमा नलाग्ने स्पष्ट पारे।“म सारा जीवन मर्न हिँडेको मान्छे, के ललिपप खाने? प्रधानमन्त्री भइसकेको मान्छेले अब के पाउन बाँकी छ ?” उनले प्रश्न गरे। भट्टराईले आफू सुशासन, समृद्धि र वैकल्पिक राजनीतिको अभियानलाई अगाडि बढाउन चाहेको बताउँदै रास्वपाको उदयलाई त्यसै अभियानको नयाँ कडीका रूपमा व्याख्या गरे।उनले पुरानो पुस्ताले सुरु गरेको परिवर्तनको यात्र
चितवन । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को चार वर्षे राजनीतिक यात्राको खुलेर प्रशंसा गरेका छन्। रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले छोटो समयमै पार्टीले निर्माण गरेको जनविश्वास र जनसमर्थनलाई ‘लोभलाग्दो’ संज्ञा दिए। “स्थापनाको चार वर्षमै रास्वपाले पाएको जनसमर्थन असाधारण छ। यसका लागि रवि लामिछाने र बालेन शाहको नेतृत्वको प्रशंसा गर्नुपर्छ,” उनले भने।थापाले जनमत प्राप्त गर्नु मात्रै पर्याप्त नभएको उल्लेख गर्दै त्यसलाई दीर्घकालसम्म कायम राख्नु नै राजनीतिक दलहरूको वास्तविक परीक्षा हुने बताए। इतिहासमा ठूलो जनसमर्थन पाएर पनि
चितवन । पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक यात्रालाई नेपालको बदलिँदो राजनीतिक चेतनाको प्रतीक बताएका छन्।रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलन र संघर्षको परम्परागत बाटोभन्दा फरक ढंगले रास्वपाले जनसमर्थन जुटाएको उल्लेख गरे। आधुनिक प्रविधि र नयाँ राजनीतिक सन्देशमार्फत छोटो समयमै प्राप्त सफलतालाई उनले “नयाँ क्रान्तिको कडी”को संज्ञा दिए।भट्टराईले चुनावताका चर्चित बनेको ‘चुपचाप घण्टी छाप’ नारालाई अब परिणाममुखी बनाउन सुझाव दिए। “अब त्यो नारालाई ‘चुपचाप सुशासन र विकास’ मा रूपान्तरण गर्नुपर्छ,” उनले भने।उनले पुराना प
काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणको अनुसन्धान तीव्र बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सँग झण्डै डेढ घण्टा बयान लिएको छ।आयोग स्रोतका अनुसार शुक्रबार भएको सोधपुछमा श्रेष्ठलाई राहदानी छपाइका लागि गरिएको ठेक्का प्रक्रिया र त्यससँग जोडिएका निर्णयबारे प्रश्न गरिएको थियो। जवाफमा उनले उक्त विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। राहदानी छपाइका क्रममा अनियमितता भएको आशंकामा आयोगले यसअघि राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान अघि बढाइसकेको छ।यसैबीच, प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा लाई
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुँदा पार्टीकै सांसद अमरेश कुमार सिंह भने उद्घाटन सत्रमा अनुपस्थित देखिएका छन्। भरतपुरमा जारी महाधिवेशन उद्घाटन समारोहमा सभापति रवि लामिछो ,वरिष्ठ नेता बालेन शाह लगायत शीर्ष नेताहरू सहभागी भए पनि सिंह कार्यक्रमस्थलमा देखिएनन्।पछिल्लो समय पार्टी नेतृत्व र सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आएका सिंहको अनुपस्थितिले राजनीतिक वृत्तमा चासो बढाएको छ।रास्वपाका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदमध्ये चर्चित मानिएका सिंह हालै सार्वजनिक अभिव्यक्तिका कारण पनि चर्चामा थिए। महाधिवेशनको महत्वपूर्ण उद्घाटन सत्रमै उनको अनुपस्थितिलाई अर्थ
चितवन । नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता बर्षमान पुन अनन्तले रास्वपा र नेकपाबीच धेरै राजनीतिक मुद्दामा समान सोच र लक्ष्य रहेको बताएका छन्।रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले दुवै राजनीतिक शक्तिले परम्परागत राजनीतिक धारलाई चुनौती दिँदै आफ्नै अलग बाटो बनाएको उल्लेख गरे।“हामी र तपाईंहरू फरक पृष्ठभूमिबाट आएका हौं, तर परिवर्तन, समाज रूपान्तरण र सुशासनका एजेन्डामा धेरै समानता छ,” पुनले भने।उनले सुशासनको सवालमा नेकपा र रास्वपाबीच पछिल्लो समय निकट सहकार्य हुँदै आएको दाबी पनि गरे। अन्य दलको तुलनामा यी दुई शक्तिबीच यस विषयमा बढी समझदारी देखिएको उनको भनाइ थियो।पुनले नयाँ र पुराना राजनीति
चितवन । रास्वपाको पहिलो महाधिवेशन उद्घाटन समारोहमा राजनीतिक प्रतिस्पर्धाभन्दा बढी आत्मीयताको दृश्य देखियो। महाधिवेशनस्थल पुगेपछि रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापालाई अँगालो मारे भने प्रधानमन्त्री बालेन शाहले घण्टी प्रदान गरे।वर्षाका बीच छाता ओढेर मञ्चमा पुगेका रवि र बालेनले उपस्थित नेताहरूसँग अभिवादन गरेपछि समारोहको माहोल झन् रोचक बनेको थियो।अतिथिहरूलाई घण्टी वितरण गरेपछि सामूहिक रूपमा घण्टी बजाएर रास्वपाको प्रथम महाधिवेशन उद्घाटन गरिएको थियो। राजनीतिक मतभेदभन्दा माथि उठेर देखिएको आत्मीयता समारोहको मुख्य आकर्षण बन्यो।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थल आइतबार फेरि पानीले डुबेको छ। उद्घाटन कार्यक्रम सुरु हुनुअघि परेको वर्षाले भरतपुरस्थित गेष्ट हाउस चौर हिलाम्मे बनेको हो।जर्मन ह्याङ्गरभित्र पानी नपसे पनि मैदानभरि पानी जम्दा स्थल रोपाइँ गर्न तयार खेतजस्तै देखिएको थियो। समर्थकहरू कपडा माथि सारेर पानीमै बसेर कार्यक्रम सुन्न बाध्य भए। गएरातिको वर्षाले पनि स्थल प्रभावित बनेपछि बिहानै ग्राभेल हालेर व्यवस्थापन मिलाइएको थियो। तर कार्यक्रमकै बीच फेरि पानी परेपछि आयोजकलाई थप सास्ती भयो।यता रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन शाह भने एकै छातामुनि कार
काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई विगतका विकृति र विसंगतिबाट मुक्त गर्दै नयाँ दिशातर्फ लैजाने अवसर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लाई प्राप्त भएको बताएका छन्।आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाको महाधिवेशनले नेपाली राजनीतिमा नयाँ युगको थालनी गर्न सक्ने विश्वास व्यक्त गरे। उनले भने, ‘अब मुलुकलाई विगतका विकृति–विसंगतिलाई त्यहीँ छाडेर नयाँ दिशामा लैजाने अवसर रास्वपालाई प्राप्त भएको छ । यो महाधिवेशन नयाँ युगको थालनीको महत्वपूर्ण आधार बन्न सक्छ भन्ने मलाई लागेको छ ।’ अध्यक्ष यादवले संविधानसभामार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.