राजनीति

    Showing 811-820 of 7,491 items.
  • निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन

    काठमाडौं— हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र बुझाएका छन् । शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ज्ञापन पत्र बुझाउँदै नेताहरुले फागुन २१ को निर्वाचनमा भाग लिनु अघि महाधिवेशनबाट नयाँ नीति र नेतृत्वको चयन गर्न माग गरे ।कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई बुझाइएको ज्ञापन पत्रमा २४ जना नेताको हस्ताक्षर छ । उपत्यकामा उपलब्ध नेपाली कांग्रेस काठमाडौं सम्पर्क समिति सभापतिहरुका तर्फबाट ज्ञापन बुझाइएको ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समिति सभापति खिलनाथ लुईंटेलले जानकारी दिए । ‘काँग्रेसको विधानमा कार्यसमितिको कार्यकाल

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 410 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका आमन्त्रण गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । कांग्रेसका पूर्वसांसद् आलमको गएराति साढे २ बजे निधन भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 411 पटक पढिएको
  • मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने

    काठमाडौं— अमेरिकाले अब देखि मधुमेह, मोटोपनाजस्ता स्वास्थ्य समस्या भएका विदेशी नागरिकलाई भिसा अस्वीकार गर्न सकिने व्यवस्था लागू गरेको छ । ट्रम्प प्रशासनले नयाँ निर्देशन जारी गरी अमेरिका प्रवेशमा थप कडाइ गर्दै यस्तो व्यवस्था लागु गरेको हो ।सीबीएस न्युजका अनुसार यो निर्देशन अमेरिकी विदेश मन्त्रालयले दूतावास तथा वाणिज्य दूतावासहरूलाई पठाएको हो । निर्देशनमा भिसा आवेदकले ‘पब्लिक चार्ज’ अर्थात् सरकारको आर्थिक बोझ बन्न सक्ने सम्भावना देखिएमा उनीहरूलाई अयोग्य मान्न अधिकारीहरूलाई सुझाइएको छ ।निर्देशनमा भनिएको छ,‘आवेदकको स्वास्थ्य अनिवार्य रूपमा विचार गर्नुपर्छ । कार्डियोभास्कुलर रोग, श्वासप्रश्वाससम्बन्

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 441 पटक पढिएको
  • आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल

    जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज (शनिबार) बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य कायम रहेका छन् ।संविधानअनुसार विश्वासको मतका लागि प्रदेशसभामा कायम सदस्यको बहुमत अर्थात् कम्तीमा ५३ मत आवश्यक हुन्छ । मुख्यमन्त्री सोनलसंग जसपा नेपालका १८ जना, जनमत पार्टीका ११ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एसका ७ जना

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 389 पटक पढिएको
  • बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने

    रौतहट— भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागी रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यलय रौतहटले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २२ गते साँझ ६ बजे देखि २५ गते ६ बजे सम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो ।भारतको बिहार राज्य सितामढी तथा पुर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते दोश्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागी सीमा नाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । उनका अनुसार नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पुर्णः रुपमा बन्द हुनेछ । &

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 428 पटक पढिएको
  • सगरमाथा आरोही किरण पि.सीलाई तरुण अध्यक्ष गुरुङद्वारा सम्मान

    काठमाडौं— विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई नेपाली काँग्रेसका नेताहरुले सम्मान गरेका छन् । इतिहासमा पर्वत जिल्लाको नागरिककोतर्फबाट पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको खुसीयालीमा उनलाई उनकै निवासमा नै पुगी सम्मान गरिएको हो । सो सम्मान कार्यक्रमलाई बोल्दै नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले अदम्य सहास बोकेका किरणको सफल आरोहणको प्रशंसा गरे । भारतीय सेनामा कार्यरत किरणको आरोहणले पर्वत जिल्लाको मात्रै नाम उच्च नबनेर हरेक नेपाली साहासी हुन्छन भन्ने सन्देश भारतीय सेनामा पनि फैलाएको उनको भनाई छ । अर

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 392 पटक पढिएको
  • आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् ।प्रधानमन्त्री कार्कीले भिडियो सन्देश दिँदै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि विवेकको मत प्रयोग गर्न आह्वान गरेकी हुन् ।उनले भिडियो सन्देश  जारी गर्दै  भनेकी  छन्, ‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ ।’प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 415 पटक पढिएको
  • सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट

    काठमाडौं— सेयर बजारका लगानीकर्ताहरुले धितोपत्र बोर्डमा दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । शुक्रबार बिहान लगानीकर्ताहरुले धितोपत्र बोर्डको कार्यालयमा गएर दबाब कार्यक्रम गरेका हुन् । ‘हिँड काठमाडौं’ अभियान अन्तरगत लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड पुगेका हुन ।शेयर बजारमा देखिएको बिकृति र सुधारको विषय उठाउँदै आएका लगानीकताहरुले बजार सुधार र विस्तार तथा बजारको स्तरोन्नतिका लागि अभियान थालेका हुन् । सोही क्रममा एकजना लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र बोर्डको स्थापना नै लगानीकर्ताहरुको लागि भएपनि यसले लगानीकर्ताहरुको लागि केही काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘हा

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 481 पटक पढिएको
  • आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव

    काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ पुस मसान्तसम्ममा १५ औं महाधिवेशन गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव गरेका छन् ।शुक्रबार काठमाडौमा उपलब्ध जिल्ला सभापति तथा पूर्व सभापतिहरुसँगको अनौपचारिक छलफलमा आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्ने धारणा राखेका हुन् ।‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने बिषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु । अहिले समयको चाप, अवस्था आदिका कारण यदि ०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ,’ उनले भने । ०८२

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 414 पटक पढिएको
  • संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक जारी

    काठमाडौं— आज(शुक्रबार)संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूबीच संयुक्त बैठक बसेको छ । बैठक शुक्रबार बिहान ११ बजेबाट राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा बसिरहेको हो । बैठकमा विगठित प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यष्क्ष नारायण प्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरेलगायत संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूबीच छलफल जारी छ । बैठकमा संघ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल भईरहेको बताइएको छ । 

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 424 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा