राजनीति

    Showing 8,141-8,150 of 10,376 items.
  • माओवादी प्रवेश गरेको १५ वर्षपछि एमालेमै फर्किए डल्लाकोटी

    बेनिघाट /  सोमबार नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले नेकपा एमाले प्रवेश गरेका छन् ।  डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका बीच एमाले प्रवेश गरेका हुन् । माओवादी प्रवेश गरेको १५ वर्षपछि एमालेमै फर्किएका हुन्  ।स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टिका लगाएर प्रवेश गरेका छन् । 

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 104 पटक पढिएको
  • काँग्रेस नेता प्रसाईँले गरे प्रेस युनियन सुनसरीलाई जग्गा दान

    इटहरी / नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि नेपाली कांग्रेसका नेता रोहित प्रसाईँले जग्गा दिएका छन् । इटहरी निवासी प्रसाईँले सोमबार बिहान एक कार्यक्रमका बीच इटहरी -१७ स्थित पूर्व-पश्चिमा राजमार्गको मुख्य हाइवेमा साढे ६ धुर जग्गाको धनीपूर्जा प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका प्रसाईँले प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था भएकाले युनियनलाई आफ्नै कार्यालयबाट कार्य सम्पादन गर्नका लागि आफ्ना स्वर्गीय आमा बुबाको स्मृतिमा जग्गा प्रदान गरेको बताए । उनले भवन निर्माणको काम तुरुन्तै अगाडि बढाएर चाँडै निर्मा

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 103 पटक पढिएको
  • पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गर्दे मोहनकाजी

    बिर्तामोड / झापाका चर्चित र सक्रिय पत्रकारका रुपमा परिचित मोहनकाजी न्यौपानेले पत्रकारिता पेसाबाट बिदा लिने निर्णय गरेका छन् ।  उनले पत्रकारिता छोडेर नेकपा एमालेमा प्रवेश गर्न लागेको बताए ।  न्यौपानेले यस अघि नेपाल पत्रकार महासंघ झापाको सचिव र अध्यक्ष, महासङ्घको तत्कालीन पूर्वाञ्चल संयोजक र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाली सकेका छन्  । विवेचना, पूर्वाञ्चल, जनसंसद दैनिक हुँदै पछिल्लो समय लोकतन्त्र पोस्ट दैनिक र लोकतन्त्र पोस्ट डटकमको प्रधान सम्पादकको जिम्मेवारी बहन गरि सकेका न्यौपानेले अबको समय पत्रकारिताबाट  टाढा हुने र राजनीतिमा सक्रिय रहने बताए । नेकपा ए

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 126 पटक पढिएको
  • बाबुराम, वर्षमान र रेखाको जम्काभेट

    काठमाण्डौ / जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई‚ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपाकी नेतृ रेखा थापाबीच विमानस्थलमा नै जम्का भेट भएको छ ।कुनै समयमा माओवादी केन्द्रमा सँगै रहेका तीन नेताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्काभेट भएको हो । भेटको तस्बिर सार्वजनिक गर्दै नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासँग जम्काभेट, नलाऊ माया दुईतिर‘ भनेर गीत गाउनेहरू नै तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो ।’

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 111 पटक पढिएको
  • राणाले मैदान छोडेपछि नेपालगञ्जमा मेयर बन्न हानाथाप

    बिर्तामोड / स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूमा उम्मेदवारीका लागि होडबाजी भइरहेको समयमा राप्रपा महामन्त्री एवम् नेपालगन्जका मेयर धवलशमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकामा पुनः उम्मेदवार नबन्ने घोषणा गरेका छन् । दुई पटक मेयर भएर आफूले विकास गरिसकेको नेपालगञ्जलाई व्यवस्थापन गर्न मात्रै बाँकी रहेकाले अरुलाई मौका दिन भन्दै उम्मेदवारी नदिने बताएका हुन् ।राणाले हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्रलाई कायम गर्नका लागि पालिका भन्दा बाहिर निस्किने बताएका छन् । उनले एमालेसँग देशभर चुनावी तालमेलबारे प्रारम्भिक छलफल भएको समेत बताएका छन् । सत्तारुढ दलले स्थानीय चुनावमा गठबन्धन कायम नै गर्न

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 133 पटक पढिएको
  • कार्यकाल भरी विवादमा इटहरी उपमहानगरपालिकाका मेयर चौधरी

    बिर्तामोड / काम गर्ने शैली र विवादास्पद अभिव्यक्तिका कारण पटकपटक विवादमा तानिने गरेका इटहरी उपमहानगरपालिकाका मेयर पुनः विवादमा तानिएका छन् । उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको सवारीसाधन खोसेको अभिव्यक्ति दिएपछि मेयर द्वारिकालाल चौधरी विवादमा तानिएका हुन् । मेयर चौधरीले गत चैत १ गते सामाजिक सञ्जाल फेसबुक मार्फत उपमेर गौतमले एक वर्षदेखि दुरुपयोग गर्दै आएकोले उनको गाडी खोसिएको बताएका थिए ।  मेयर चौधरीले फेसबुकमा यस्तो लेखेका छन्, –‘उपमेयरको गाडी खोसियो समाचार प्रति ध्यानाकर्षण भएको छ । एक वर्षदेखि गाडी दुरुपयोग गर्दै थिइन । दल विशेषको काममा सार्वजनिक सम्पती दुरुपयोग गर्न प

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 125 पटक पढिएको
  • स्थानीय निर्वाचन : माओवादीले तोक्यो उम्मेदवारका लागि मापदण्ड

    काठमाडौं / सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौटका लागि आवश्यक मापदण्ड सार्वजनिक गरेको छ । बिहीबार सम्पन्न सत्तारुढ गठबन्धन दलको बैठकपछि पार्टी अध्यक्ष प्रचण्डको हस्ताक्षरसहित माओवादी केन्द्रले उम्मेदवार चयन गर्दा अपनाउनु पर्ने स्पष्ट मापदण्ड सहित परिपत्र नै जारी गरेको हो । शुक्रबार जारी गरेको आन्तरिक परिपत्रमा माओवादीले गठबन्धन दलहरूभित्र मात्रै निर्वाचनको तालमेल गर्न आफ्ना कमिटीलाई निर्देशन दिएको छ । माओवादीले विशेष परिस्थिति बाहेक पहिले विजयी भएका उमेदवारलाई नदोहोर्याउन निर्देशन दिएको छ । यस्तो छ छनौटको मापदण्डः १. विशेष परिस्थितिबाह

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 108 पटक पढिएको
  • चुनावको मुखमा मधेसी दलद्धारा आन्दोलनको चेतावनी

    वीरगन्ज / मुलुक निर्वाचनमय भएका समयमा मधेश प्रदेशमा स्थापित राजनीतिक दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेशमा निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।लोसपाले वीरगञ्जमा निकालेको ‘स्वाभिमान यात्रा’ पछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेसीमाथि शासकले विभेद जारी राखेको भन्दै निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।मधेशी जनताको अधिकारका लागि  सुरु भएको आन्दोलन र विद्रोह जारी रहेको बताउँदै उनले आन्दोलनमा उत्रिएकामाथि झुटा मुद्दा लगाएको दावी गरेका छन् । यादवले मधेशी जनताको अधिकार प्राप्तिको आन्दोलन जारी राख्ने बताउँदै मधेस प्रदेशमा २२ जिल्ला

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 142 पटक पढिएको
  • काशी विश्वनाथको पूजा गर्दै देउवा

    काठमाडौँ / तीनदिने औपचारिक भारत भ्रमणमा व्यस्त रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको वाराणसी स्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । भ्रमणको तेस्रो दिन प्रधानमन्त्री देउवासहितको टोलीले काशी विश्वनाथ मन्दिरमा आइतबार बिहानै पूजाअर्चना गरेका हुन् । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले वाराणसी स्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । वाराणसीकै समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर समेत  देउवाले पूजा गरेका छन् ।

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 105 पटक पढिएको
  • माधव नेपालसहित १४ सांसदविरुद्धकाे मुद्दामा आज सुनुवाइ हुँदै

    काठमाडौँ / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध परेको मुद्दामा आज सुनुवाई हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । उक्त मुद्दा न्यायाधीश द्वय अनिल कुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । अध्यक्ष नेपालसहित १४ जना सांसदहरूलाई दलबाट कारवाही गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भन्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । 

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 100 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.