काठमाडौँ / तीनदिने औपचारिक भारत भ्रमणमा व्यस्त रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको वाराणसी स्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । भ्रमणको तेस्रो दिन प्रधानमन्त्री देउवासहितको टोलीले काशी विश्वनाथ मन्दिरमा आइतबार बिहानै पूजाअर्चना गरेका हुन् । 

देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले वाराणसी स्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । वाराणसीकै समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर समेत  देउवाले पूजा गरेका छन् ।