बेनिघाट / सोमबार नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले नेकपा एमाले प्रवेश गरेका छन् । डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका बीच एमाले प्रवेश गरेका हुन् । माओवादी प्रवेश गरेको १५ वर्षपछि एमालेमै फर्किएका हुन् ।
स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टिका लगाएर प्रवेश गरेका छन् ।






































