बिर्तामोड / स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूमा उम्मेदवारीका लागि होडबाजी भइरहेको समयमा राप्रपा महामन्त्री एवम् नेपालगन्जका मेयर धवलशमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकामा पुनः उम्मेदवार नबन्ने घोषणा गरेका छन् । दुई पटक मेयर भएर आफूले विकास गरिसकेको नेपालगञ्जलाई व्यवस्थापन गर्न मात्रै बाँकी रहेकाले अरुलाई मौका दिन भन्दै उम्मेदवारी नदिने बताएका हुन् ।

राणाले हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्रलाई कायम गर्नका लागि पालिका भन्दा बाहिर निस्किने बताएका छन् । उनले एमालेसँग देशभर चुनावी तालमेलबारे प्रारम्भिक छलफल भएको समेत बताएका छन् । सत्तारुढ दलले स्थानीय चुनावमा गठबन्धन कायम नै गर्ने भएपछि एमाले र राप्रपाले तालमेल गर्न खोज्नु स्वभाविक रहेको उनले बताएका छन् ।

OM Sai Pathibhara Hospital

नेपालगञ्जका मेयर समेत रहेका राप्रपा नेता राणाले उम्मेदवारी नदिने घोषणा गरेपछि नेपालगञ्जमा आधा दर्जन राप्रपा नेताहरू बिच उम्मेदवारीको लागि प्रतिस्पर्धा सुरु भएको छ । ओम प्रकाश आजाद, गौरव चन्द,  तेज विक्रम शाह, शफिक भेना लगायतका राप्रपा नेताले नेपालगन्जमा मेयरमा दावी गरेको जिल्ला अध्यक्ष नरेन्द्र पौड्यालले बताएका छन् ।