काठमाडौँ / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध परेको मुद्दामा आज सुनुवाई हुँदैछ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । 

OM Sai Pathibhara Hospital

उक्त मुद्दा न्यायाधीश द्वय अनिल कुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । 

अध्यक्ष नेपालसहित १४ जना सांसदहरूलाई दलबाट कारवाही गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भन्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।