काठमाडौं / सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौटका लागि आवश्यक मापदण्ड सार्वजनिक गरेको छ । बिहीबार सम्पन्न सत्तारुढ गठबन्धन दलको बैठकपछि पार्टी अध्यक्ष प्रचण्डको हस्ताक्षरसहित माओवादी केन्द्रले उम्मेदवार चयन गर्दा अपनाउनु पर्ने स्पष्ट मापदण्ड सहित परिपत्र नै जारी गरेको हो । 

OM Sai Pathibhara Hospital
शुक्रबार जारी गरेको आन्तरिक परिपत्रमा माओवादीले गठबन्धन दलहरूभित्र मात्रै निर्वाचनको तालमेल गर्न आफ्ना कमिटीलाई निर्देशन दिएको छ । माओवादीले विशेष परिस्थिति बाहेक पहिले विजयी भएका उमेदवारलाई नदोहोर्याउन निर्देशन दिएको छ । 
यस्तो छ छनौटको मापदण्डः 

१. विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई                   नदोहोर्याउने  
२. देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान् रहेको  
३. स्वच्छ छवि भएको  
४. विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने  
५. पार्टी अनुशासन प्रति निष्ठावान् हुनुपर्ने 
६. समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने