दाङ / नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले ६ घण्टा पछि छोडेको छ । दाङको भालुवाङबाट पक्राउ परेका बास्तोलालाई प्रहरीले सोधपुछ पछि छाडेको हो । पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलासहित राजेन्द्र साउद र अचल मोक्तानलाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो । बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशङ्कामा सोधपुछका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बताए। ‘निर्वाचन र बुटवलमा भएको बम विस्फोटको घटनाबारे सोधपुछ गरेका थियौं,’ उनले भने, ‘बम विस्फोटको घटनामा उह
काठमाडौँ / सांसद पद पुनर्बहालीको माग गर्दै नेकपा एमालेका सचिव लेखराज भट्टले दायर गरेको रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुङ्गानाको इजलासमा तोकिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर भट्टले दायर गरेको रिटमा सांसद पदबाट मुक्त गराउने निर्णय अन्तरिम आदेशमार्फत बदरको माग गरेका छन् ।१८ साउन २०७८ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो । विपक्षीहरूको नाममा कारण देखाउ आदेश भने जारी भएको थियो । २४ चैत २०७७ मा सङ्घीय संसद् सचिवालयलाई पत्र लेखेर मा
धादिङ / धादिङमा सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच भएको झडपमा २० जना स्थानीय घाइते भएका छन् । जिल्लाको नीलकण्ठ-६ भोर्लेमा नेपाली कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० जना भन्दा बढी स्थानीय घाइते भएका हुन् । झडपमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठसहित , माओवादी केन्द्रका दुई कार्यकर्ता अनिल श्रेष्ठ र विष्णु रानासहित २० जना घाइते भएका छन् । झडपमा टाउको, दाहिने आँखा, दाँत लगायत शरीरको विभिन्न ठाउँमा चोट लागेर घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।झडपमा तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रे
कानेपोखरी / मोरङको कानेपोखरीमा नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ । बुधबार राति साढे १० बजे कानेपोखरी गाउँपालिका –२ दलेली बजार नजिकै दुई पक्षबीच झडप भएको हो । झडपमा परी युवासंघ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । प्रहरी स्रोतका अनुसार दुवै समूह मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिक रहेको विपन्न बस्ती पुगेका थिए । दुई समुहबीच जम्काभेट भएपछि झडप भएको हो । घटनामा संलग्नहरू फरार रहेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार घटनाको अनुसन्धान भ
काठमाडौं / नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । पोखराबाट नेपालगञ्ज जाने क्रममा बास्तोलासहित तीन जनालाई आज (बिहीबार) बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखेको दाङका प्रहरी उपरीक्षक सुरेश काफ्ले जानकारी दिए।केही दिन अगाडि मात्र बास्तोलाले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरेका छन्। बास्तोला उक्त पार्टीको संयोजक हुन्। बास्तोला नेतृत्वले पार्टीले निर्वाचन बहिष्कार गरेको छ भने विप्लव नेतृत्वले अघोषित
खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ । हलेसी तुवाचुङ –७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेका हुन् । बुधबार हलेसी बजारबाट घर गैरीगुठ जानेक्रममा बाटोमा आफूमाथि कुटपिट भएको राईको दावी छ । उनलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल पठाइएको छ ।‘हलेसीबाट घर जानेक्रममा एउटा घरमा बसिरहेका थियौं । कहाँ हिँडेको, के गर्न हिँडेको, आफ्नो गाउँ जा भन्दै कुटपिट गर्यो,’ पदमले भने, ‘दीपक राईले हात हालेपछि केदार लगायत सात जनाको समुहले कुटपिट गर्यो
काठमाडौँ / सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा प्रस्तुत गर्ने भएको छ। सरकारको आर्थिक वर्ष २०७९ ८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेकी थिइन्। सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने पाण्डेले बताए।प्रवक्ता पाण्डेका अनुसार जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्
कपिलवस्तु / उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन जेठ ३ गतेका लागि सारिएको छ ।निर्वाचन कार्यालयका अनुसार सो नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन सारिएको हो ।निर्वाचन कार्यालय महाराजगन्जले ३ जेठमा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । कार्यतालिका अनुसार आज (बुधबार) मनोनयन दर्ता गरिँदैछ । उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली कांग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ ।
काठमाडौँ / गोरखामा सर्वदलीय बैठकबाट कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेका हुन् । निर्वाचन अधिकृतको कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका गुरुङको झोलाबाट खुकुरी फेला परेको श्रेष्ठले बताए । उनलाई घ्याल्चोक प्रहरी चौकीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
रुकुम पूर्व / महिलाको अपहरण गरी हत्या गरेको आरोपमा रुकुम पूर्वमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ता पक्राउ परेका छन् ।१९ वैशाखमा टक्सेरा गाउँमा निर्वाचन प्रचारप्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षीया जुङमाया बुढालाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रहेका कुमार सिंह बुढा, पुथाउत्तरगंगा गाउँपालिका –११ का वडाध्यक्ष जयकुमार बुढा र अर्जुन बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको रुकुम पूर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.