कानेपोखरी / मोरङको कानेपोखरीमा नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

बुधबार राति साढे १० बजे कानेपोखरी गाउँपालिका –२ दलेली बजार नजिकै दुई पक्षबीच झडप भएको हो । 

OM Sai Pathibhara Hospital

झडपमा परी युवासंघ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । 

प्रहरी स्रोतका अनुसार दुवै समूह मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिक रहेको विपन्न बस्ती पुगेका थिए । दुई समुहबीच जम्काभेट भएपछि झडप भएको हो । 

घटनामा संलग्नहरू फरार रहेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।